+
+

भारतीय सेयर बजारमा उच्च अंकको रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २९ गते १७:३३

२९ मंसिर, काठमाडौं । भारतीय सेयर बजार बम्बई स्टक एक्स्चेन्ज परिसूचक (बीएसई सेन्सेक्स) हालसम्मकै उच्च अंकमा पुगेको छ ।

शुक्रबार कारोबार बन्द हुँदा सेन्सेक्स ७१,४८३ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ९६९ अंक (१.३७ प्रतिशत) बढेको हो । विगत ५२ हप्तालाई हेर्ने हो सेन्सेक्सको न्यूनतम विन्दु २० मार्चमा ५७,०८४ अंकसम्म झरेको छ ।

त्यस्तै निफ्टी–५० अघिल्लो दिनको तुलनामा २७४ अंक बढेर २१,४५६ अंकमा पुगेको छ । ठूला पूँजीका ५० कम्पनीको सूचकलाई निफ्टी–५० ले जनाउँछ । निफ्टीमा आईटी समूहको सूचकमा सबैभन्दा धेरै ४.५ प्रतिशतको वृद्धि देखिएको छ ।

मुख्यतः अमेरिकी फेडरल रिजर्भ बैंकले आगामी महिनामा ब्याजदर घटाउने चर्चापछि भारतीय स्टक बजारमा वाह्य पूँजी भित्रिन थालेको जियोजित फाइनान्सियल सर्भिसेजका लगानी रणनीतिकार वीके विजयकुमारले सञ्चारमाध्यम इन्भेस्टिङलाई बताएका छन् ।

भारतीय अर्थव्यवस्था सबल रहनु र अन्य विकसित मुलुकको तुलनामा अर्थतन्त्रको वृद्धिदर उच्च रहनुले लगानीकर्ताको आकर्षण भारतमा बढेको जानकाररुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?