+
+

कांग्रेसले एक महिने अभियान सञ्चालन गर्ने

१२ पुसदेखि बस्ने केन्द्रीय समितिको बैठकमा सरकारको समीक्षा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २९ गते १८:२०

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले एक महिने अभियान सञ्चालन गर्ने भएको छ । कार्यसम्पादन समितिको बैठकले एक महिने अभियान सञ्चालन गर्ने शुक्रबार निर्णय गरेको हो ।

१६ पुसदेखि १६ माघसम्म वडा तहसम्म पार्टी प्रतिनिधि परिचालन गरिने कांग्रेसले जनाएको छ । स्थगित भएको दोस्रो चरणको ‘समुदायमा कांग्रेस’ अभियान १६ पुसदेखि गर्न लागिएको छ । गर्ने । अभियानका लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटाउने कांग्रेसले जनाएको छ ।

साउनमा बसेको केन्द्रीय समिति बैठकले भदौ १० देखि २४ सम्म ‘समुदायमा कांग्रेस’ अभियान गर्ने निर्णय गरेको थियो । उक्त अभियान भने पार्टीले स्थगित गरेको थियो । पार्टी संगठन र नागरिकसँग जोडिने दुबै कार्यक्रम हुने महामन्त्री गगन थापाले जानकारी दिए ।

‘यो अभियानमा पदाधिकारी पनि खटाउँछौं,’ महामन्त्री थापाले भने,‘संगठनका काम र समुदायसँग जोडिने काम गर्नुहुन्छ ।’ पार्टीले खटाउने प्रतिनिधिले तल्लो तहमा भएका विवाद मिलाउने जिम्मेवारी समेत पाएका हुन्छन् ।

मंसिर १२ देखि बोलाइएको केन्द्रीय समिति बैठक मुख्यगरि सरकारको भूमिकामा केन्द्रित हुने महामन्त्री थापाले जानकारी दिए । यसअघि पदाधिकारी बैठकमा भएको छलफल अनुसार केन्द्रीय समितिमा मूलभूत रुपमा सरकारको काम कारबाहीमा केन्द्रीत रहेर छलफल हुने भएको छ ।

सरकारकै विषयलाई प्राथमिकता दिएर कांग्रेसले पहिलोपटक केन्द्रीय समितिको बैठक गर्न लागेको छ । कांग्रेसबाट केन्द्रीय सरकारमा नौ जना मन्त्री छन् ।  बैठकमा कांग्रेसबाट मन्त्री भएकाहरुले यो अवधिमा भएका मन्त्रालयगत कार्यको जानकारी बैठकमा राख्ने छन् ।

बैठकले साउन १० मा सार्वजनिक वार्षिक क्यालेण्डर परिमार्जन गर्ने निर्णय गरेको छ । वार्षिक क्यालेण्डर परिमार्जनको जिम्मेवारी महामन्त्री थापाले पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?