+
+

अनलाइनमा दूध अर्डर गर्दा प्राप्त भयो पिसाब भरिएको बोतल

एजेन्सी एजेन्सी
२०८० पुष १ गते ८:२३

हाम्रो दैनिकी निकै व्यस्त छ । बजारमा गएर शपिङ गर्नका लागि समेत समय छुट्टाउन समेत सकस छ धेरैलाई । यस्तोमा अनलाइन शपिङ धेरैको रोजाई बन्ने गरेको छ । तर, अनलाइन शपिङको किनमेलले कहिलेकाही निकै ठूलो ठगीमा परिन्छ ।

अनलाइनमा एउटा सामान मगाउँदा अर्कै सामान डेलिभरी भएको हुन्छ कुनै बेला । अनि प्रायः अनलाइनमा देखाइएको सामानभन्दा निकै कम गुणस्तरको सामान डेलिभरी हुने घटना त निकै धेरै हुन्छन् । बेलायतमा हालै यस्तै एउटा अत्यासलाग्दो घटना भएको छ ।

बेलायतको सुपरमार्केट चेन मरिसन्सबाट अनलाइनमा दूध अर्डर गर्दा एकजना ग्राहकले बोतलबन्द पिसाब प्राप्त गरेका छन् ।

बेलायतको वाणिज्य मन्त्रालयका पूर्वकर्मचारी समेत रहेको एडम बेल नामक व्यक्ति यस्तो ठगीको सिकार भएका हुन् ।

मरिसन्सबाट दूध अर्डर गरेका उनको घरमा पिसाबले आधा भरिएको बोतल डेलिभरी भयो । उनले सुपरमार्केटबाट आफ्नो घरमा डेलिभरी भएको दूधको एउटा बोतलको तस्वीर सोसल मिडिया प्लाटर्फम एक्समा शेयर गरेका छन् ।

उक्त बोतलको भित्र शंकास्पद देखिने तरल पदार्थ थियो । बोतल खोलेर हेर्दा त्यो तरल पदार्थ पिसाब रहेको पत्ता लाग्यो । वास्तवमा पेसाले नर्स रहेकी एडमकी पत्नीले सुँघेरै उक्त चिज पिसाब रहेको ठहर गरेकी थिइन् ।

उनले त्यस विषयमा जानकारी गराउँदै मरिसनलाई ट्याग गरेर एक्समा लेखेका छन्, ‘प्रिय मरिसन । यहाँले सामान्यतया हाम्रो शपिंग अर्डरको प्रतिस्थापित सामानका बारेमा अगाडि नै जानकारी गराउने गर्नुहुन्थ्यो । तर यसपटक एक बोतल पिसाब पठाउँदा भने यहाँले कुनै जानकारी गराउनु भएन ।’

उक्त सामानहरुको केही हिस्सा स्थानीय म्यागपाई परियोजनाका लागि दान गर्ने उद्देश्यका साथ मगाएको भन्दै उनले सामान फिर्ता लिन र पैसा पनि फिर्ता गर्न अनुरोध गरेका छन् ।

उक्त पोस्टप्रति सोसल मिडियामा अनेक खालका प्रतिक्रिया आएका छन् । कतिपयले चाहिं डेलिभरी ड्राइभर निकै व्यस्त हुने हुनाले पिसाब गर्ने ठाउँ नपाउँदा बोतलमै पिसाब गरेको र त्यही बोतल डेलिभरी ब्यागमा भुलबस राखेको हुनसक्ने अड्कल काटेका छन् । साथै ड्राइभरलाई राम्रो कार्यवातावरण, दिसापिसाबको लागि खाली समय र राम्रो तलबभत्ता दिन पनि माग गरेका छन् उनीहरुले ।

उता मरिसन्सका प्रवक्ताले भने उक्त घटनाका बारेमा थाहा पाउँदा आफूहरु निकै निरास भएको भन्दै सम्बन्धित ग्राहकलाई उक्त अर्डरको सबै रकम फिर्ता गर्नका लागि सम्पर्क गर्ने कोसिस गरिरहेको बताएका छन् । यस्तो घटना हुनु पूर्णत अस्वीकार्य रहेको भन्दै उनले घटनाको विषयमा अनुसन्धान भैरहेको जनाएका छन् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?