+
+

इटहरी इन्टरनेसनल कलेजका २०० विद्यार्थी दीक्षित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १ गते १२:५९

काठमाडौं । इटहरीस्थित इटहरी इन्टरनेसनल कलेजका २ सय जना विद्यार्थी दीक्षित भएका छन् ।

स्नातक तह अन्तर्गत बीएससी (अनर्स) कम्प्युटिङका १५२ जना र बीए (अनर्स) बिजनेस प्रशासनका ४८ जना गरी कुल २०० जना विद्यार्थी दीक्षित भएको कलेजले जनाएको छ ।

वार्षिक कार्यक्रम अनुसार कलेजले शुक्रबार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई दीक्षित गरेको हो । दीक्षान्त समारोहमा विद्यार्थीका अभिभावकहरूको समेत उपस्थिति रहेको थियो ।

दीक्षित उत्कृष्ट विद्यार्थीलाई आईएनजीले छात्रवृत्ति उपलब्ध गराएको छ । यस वर्ष आईएनजी छात्रवृत्तिका लागि सारीका दाहाल र स्रिजा पोखरेल सम्मानित भएका थिए ।

समारोहमा आईएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकी, लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट एकेडेमिक पार्टनरसीपका प्रमुख डा. वेन्डी ब्लोइसी लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?