+
+

इन्टर मिलानलाई ४ अंकको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते ८:५५

२ पुस, काठमाडौं । इटालियन सिरी ए मा लिग लिडर इन्टर मिलानले लाजियोलाई २-० ले पराजित गरेको छ ।

यस जितपछि इन्टरले शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ ।

लाजियोको मैदानमा भएको खेलमा इन्टरलाई जिताउन लाउटारो मार्टिनेजले ४०औं र मार्कुस थुरामले ६६औं मिनेटमा गोल गरे ।

लाजियोका एम लाजारी ८७औं मिनेटमा रातो कार्ड सामना गर्दै मैदान बाहिरिएका थिए ।

जितपछि इन्टरले १६ खेलबाट ४१ अंक जोडेर दोस्रो स्थानको युभेन्ट्समाथि ४ अंकको अग्रता बनाएको हो । समान खेलबा६ युभेन्ट्सको ३७ अंक छ ।

एसी मिलान १६ खेलबाट ३२ अंकसहित तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?