+
+

बाँकेको कोहलपुरमा टिपरले ठक्कर दिँदा १३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते १३:५५

२ पुस, काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका-३ मैटहवा नजिक टिपरले भ्यानलाई ठक्कर दिँदा १३ जना घाइते भएका छन् ।

सोमबार बिहान पूर्व-पश्चिम राजमार्गअन्तर्गत कोहलपुरबाट बाँसगढीतर्फ जाँदै गरेको भे १ ज ७४७ नम्बरको भ्यानलाई पछाडिबाट टिपरले ठक्कर दिँदा घाइते भएका हुन् ।

घाइते हुनेमा बाह्रबर्दिया नगरपालिका-७की ३१ वर्षीया सुनिता नेपाली,  बासगढी नगरपालिका-४ बस्‍ने ३६ वर्षीय रमेश थारू, सुर्खेत लेकबेसी-४ का  ४७ वर्षीय प्रेम चदारा रहेका छन् ।

यस्तै गुलरिया बाह्रबर्दिया-९की २० वर्षीया अन्जु चौधरी, कोहलपुर-१० बस्ने ३९ वर्षीया कमला कुमारी देवकोटा, बैजनाथ गाउँपालिका-६ बस्‍ने ३१ वर्षीया अप्सरा बुढाथोकी,बैजनाथ गाउँपालिका-५ बस्‍ने २० वर्षीया सपना परियार घाइते भएकी छिन् ।

यस्तै बासगढी नगरपालिकाकी ५० वर्षीया विष्णुकला खत्री, बासगढी  नगरपालिका-२ बस्‍ने २० वर्षीय प्रशान्त विष्ट, बैजनाथ गाउँपलिका-६ बस्‍ने ३० वर्षीय करण डडेल, कोहलपुर नगरपालिका-५ बस्‍ने ४० वर्षीया टीका कुमारी डीसी , बैजनाथ गाउँपालिका-३ बस्ने ५८ वर्षीय पठे एरी र  म्याजिक चालक कोहलपुर-२ बस्‍ने २७ वर्षीयप्रदीप विक घाइते भएका छन् ।

उनीहरूमध्‍ये ७ जना सामान्य उपचार गरेर घर फर्किइसकेका छन् भने बाँकी ६ जनाको उपचार नेपालगञ्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

यता, म्याजिक भ्यानलाई ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?