+
+

कोहलपुरमा घोङ्ही खाने प्रतियोगिता

रासस रासस
२०८० फागुन २० गते १३:३८

२० फागुन, नेपालगञ्ज । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने ध्येयले बाँकेको कोहलपुरमा घोङ्ही खाने प्रतियोगिता हुने भएको छ ।

नेपाल युवा परिषद् लुम्विनी प्रदेशस्तरीय युवा सम्मेलनका अवसरमा घोङ्हीको व्यावसायीकरण र ‘ब्रान्डिङ’ गर्न प्रतियोगिता हुन  लागेको हो ।

घरबास (होमस्टे) सङ्घका महासचिव कृष्ण चौधरीले प्रतियोगितामा घोङ्ही खाने तरिका र शैलीबारेसमेत जानकारी दिइने जानकारी दिए ।

उनले प्रतियोगितामा चार मिनेटमा एक किलो घोङ्ही खानुपर्ने प्रावधान राखिएको बताए । दुई सय पाँचजना प्रतियोगी सहभागी हुने सो प्रतियोगितामा ४० किलो घोङ्ही खपत हुने बताइएको छ । ‘हामीले घोङ्ही कसरी खाएको भन्ने विषयमा मूल्याङ्कन गर्न टिम बनाएका छौँ’, उनले भने ।

महासचिव चौधरीले होमस्टे पनि युवाहरूका लागि अध्ययनको विषय भएको उल्लेख गर्दै यसलाई संस्कार, संस्कृति र पर्यटनसँग जोड्न खोजिएको बताए ।

होमस्टेबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको जनाउँदै उनले युवाहरूले हेरेर पनि सीप सिक्न सक्ने उल्लेख गरे ।

आइतबारदेखि तीन दिनसम्म सञ्चालन हुने सो सम्मेलनमा रैथाने एवं परम्परागत खानाका परिकारको प्रदर्शनी, रैथाने खाद्यान्न बीउको प्रदर्शनी, जीन बैंक अवलोकन तथा अध्ययनको विषयलाई पनि प्राथमिकता दिइएको छ ।

नेपाल युवा परिषद्का संस्थापक अध्यक्ष सरोज बानियाँले सम्मेलनलाई पर्यटन र संस्कृतिसँग जोड्न खोजिएको उल्लेख गर्दै सम्मेलनमा करिब रु आठ लाख ५० हजार खर्च हुने बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?