+
+

कृषि मन्त्रालयले माग्यो स्थानीय तहसँग कृषि र पशु क्षेत्रको बजेट विवरण

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते १४:०६

२ पुस, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका स्थानीय तहहरुसँग कृषि र पशुपन्छी क्षेत्रमा छुट्याएको बजेटको विवरण माग गरेको छ ।

स्थानीय स्तरको कृषि तथा पशुपन्छी विकासका लागि स्थानीय तहको आन्तरिक स्रोतबाट कृषि र पशुपन्छी क्षेत्रको विकाससँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन हुँदै आएको भन्दै मन्त्रालयले कृषि क्षेत्रमा भएको बजेट तथा लगानीको विश्लेषण गर्न तथा आगामी दिनमा बजेट तथा कार्यक्रम तर्जुमामा सहयोग पुग्ने उद्देश्यका लागि विवरण माग गरेको जनाएको छ ।

मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत २०७५/७६ देखिको चालु आर्थिक वर्ष सम्मको कुल विनियोजित बजेट र कृषि तथा पशुपन्छी क्षेत्रको बजेट पठाउन फारम सहित पत्र पठाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?