+
+

टाइम्स र रोयललाई नखिपोट बास्केटबलको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ३ गते ८:१८

२ पुस, काठमाडौं । टाइम्स र रोयलले दोस्रो नखिपोट खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

टाइम्स पुरुषतर्फ तथा रोयल महिला यु–२३ मा च्याम्पियन बनेका हुन् ।

नखिपोटस्थित आयोजक नखिपोट युवा क्लबको कभर्डहलमा भएको पुरुष फाइनलमा टाइम्सले बूढानीलकण्ठलाई ८४–७१ ले पराजित गर्दै उपाधि जित्यो । टाइम्सको जितमा मनीष केसीले २८ अंक योगदान गरे ।

पहिलो क्वाटरमा १८–१४ को अग्रता लिएको टाइम्स दोस्रोमा १९–२० ले पछि पर्‍यो । टाइम्सले तेस्रो क्वाटरमा गरेको ३०–१६ को प्रदर्शन जितका लागि महत्वपूर्ण साबित भयो । अन्तिम तथा चौथो क्वाटरमा बूढानीलकण्ठले २१–१७ को अग्रता बनाएपनि जित हात पार्न सकेन ।

विजेताले १ लाख ५ हजार तथा उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गरे । ‘मोस्ट भेलुएबल प्लेयर’ टाइम्सका सदीश प्रधानलाई २५ हजार नगद पुरस्कारबाट पुरस्कृत गरियो ।

महिलाको उपाधि भिडन्तमा रोशनी श्रेष्ठको १९ अंक सहयोगमा रोयलले बूढानीलकण्ठलाई ४८–३९ ले हरायो । पहिलो क्वाटरमा ८–१४ ले पछि परे पनि रोयलले बाँकीका ३ क्वाटरको नतिजा आफ्नो पक्षमा पार्दै उपाधि हात पार्न सफल भयो । रोयलले दोस्रोमा १३-५, तेश्रोमा १२–७ र चौथोमा १५–१३ को प्रदर्शन गर्‍यो ।

च्याम्पियन रोयलले ५० हजार तथा दोस्रोमा रहेको बूढानीलकण्ठले २५ हजार नगद पुरस्कार पाए । ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिएकी रोशनी श्रेष्ठले १० हजार नगद पुरस्कार पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?