+
+

समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल : गोल्डेनगेट र बूढानीलकण्ठ क्वाटरफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ८ गते ८:४३

८ पुस, काठमाडौं । गोल्डेनगेट र बूढानीलकण्ठ समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा शनिबार क्वाटरफाइनल प्रवेश गरेका छन् ।

समृद्धि स्कुलको सहकार्यमा नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा गोल्डेन गेटले रोयल्सलाई ८५–६७ ले पराजित ग¥यो । गोल्डेन गेटका उर्गेनले २० अंक जोडे । बूढानीलकण्ठले योद्धालाई ७४–४२ ले हरायो । बूढानीलकण्ठका प्रसोन मल्ल ठकुरीले १९ स्कोर गरे ।

पुरुषकै अन्य प्रतिस्पर्धामा टाइम्सले समृद्धिलाई ९०–४९, आईएसए नेपालले ट्रिनिटीलाई ७६–४७, स्नोल्यान्डले एन्जल्स हार्टलाई ८२–७१, ग्रिनफिल्डले ह्वाइटहाउसलाई ८६–७३ र सीसीआरसीले टाइमआउट नेपाललाई ८५–६७ ले पाखा लगाए । टाइम्सका अधुले १८, आईएसएका विवेकले ४०, स्नोल्यान्डका समुन्नत गुरुङले २४, ग्रिनफिल्डका सशांक कार्कीले २९ र सीसीआरसीका प्रनिश तिमल्सिनाले २६ अंक बटुले ।

यस्तै अन्तिम प्रिक्वाटरफाइनलमा कीर्तिपुर बास्केटबल क्लबले भ्याली पब्लिक स्कुललाई १००-४९ को पराकिलो अन्तरले हरायो । कीर्तिपुरका आशिष महर्जनले ३१ अंक स्कोर गरे ।

अब क्वाटरफाइनलको खेलहरु आइतबार हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?