+
+

प्रधानमन्त्रीलाई पहिचानवादीकाे सन्देश : मिक्लाजुङ आउँदा मन्त्री, सांसद नल्याउनू

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ६ गते ८:२२
विराटनगर विमानस्थलमा प्रधानमन्त्री प्रचण्ड ।

६ पुस, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पहिचानवादीले आफ्नाे यात्रामा काेशी प्रदेशका सांसद र मन्त्रीलाई सहभागी नगराउन आग्रह गरेकाे छ ।

प्रधानमन्त्री प्रचण्ड ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ अन्तरत मिक्लाजुङ गाउँपालिका– ५ खोलीटारमा हुने कार्यक्रममा सहभागि हुने कार्यक्रम छ ।

मिक्लाजुङ जाँदा काेशी प्रदेशका सांसद र मन्त्रीलाई साथमा नल्याउन पहिचान पक्षधरले आग्रह गरेका हुन् । प्रदेशका सांसद र मन्त्रीलाई ल्याए प्रधानमन्त्रीकाे विराेध गर्ने उनीहरुकाे चेतावनी छ ।

बिहीबार प्रदेशका पर्यटन मन्त्री गणेश उप्रेती मिक्लाजुङ जाने क्रममा पनि पहिचान पक्षधरले अवरोध गरेको थियो ।

बिहीबार विज्ञप्ति जारी गर्दै प्रदेश १ पुन नामाङ्कन संयुक्त सघर्ष समितिले कोशी प्रदेशका सांसद र मन्त्री पनि प्रधानमन्त्रीसँगै मिक्लाजुङ नआउन आग्रह गरेकाे छ । प्रदेशका सांसद र मन्त्री पुगे प्रधानमन्त्रीकाे विरोध गर्ने उनीहरुकाे चेतावनी छ ।

कोशी प्रदेशका सांसदलाई यात्रामा सहभागी नगराए विरोध नगर्ने संघर्ष समितिले बताएको छ । प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधरले प्रदेशका सांसद र मन्त्रीलाई निषेध अभियान चलाइरहेका छन् ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको उदघाटनपछि प्रधानमन्त्री मिक्लाजुङ जानेछन् । मिक्लाजुङबाट फर्किएपछि आज दिउँसो मोरङ व्यापार संघले आयोजना गर्ने मोरङ ब्यापार संघ एक्स्पो उदघाटनपछि काठमाडाैं फर्कनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?