+
+

निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढौं : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ११ गते ११:५७

११ वैशाख, काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण भएको सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् ।

लगानी बोर्डको मंगलबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिका लागि निजी क्षेत्रलाई नियन्त्रण गर्ने नभइ सहजीकरण गर्नुपर्ने बताएका हुन् ।

‘निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको नयाँ मोडेल तयार पार्नुछ,’ प्रधानमन्त्री प्रचण्डले भन्ने, ‘निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म विकास हुँदैन, ⁠त्यसैले निजी क्षेत्रलाई नियन्त्रण होइन, सहजीकरण गरौँ ।’

आजको विश्वमा ⁠विकासलाई नियन्त्रण गर्ने सोच ग्राह्य नहुने बताउँदै उनले प्रोत्साहन गर्ने नीति लिंदा मात्र जनताको चाहनालाई सम्बोधन गर्न सकिने भएकाले त्यसतर्फ लाग्न निर्देशन दिए ।

लगानी सम्मेलनलाई सफल तुल्याउनका लागि सबैले सकारात्मक भावमा काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले लगानी सम्मेलनमा ‘इच्छा सूची’ प्रस्तुत गर्नेभन्दा पनि ठोस र व्यावहारिक परियोजना प्रस्तुत गर्नुपर्ने बताए ।

‘लगानी सम्मेलनमा ‘विस लिष्ट’ होइन ठोस र व्यावहारिक परियोजना प्रस्तुत गरौं,’ प्रचण्डले भने, ‘⁠सम्मेलनअघि ऐन संशोधन गरेका छौं, त्यसले लगानी बढाउन मद्दत गर्नेछ । त्यसैले पनि ठोस र व्यावहारिक योजनाहरू दिनुपर्छ, ⁠नयाँ सन्देश दिनेगरी सम्मेलन गरौं ।’

विकास परियोजनाको कामलाई सरलीकृत गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले ⁠केही राम्रो गर्न खोज्दा अप्ठ्यारो भए पनि त्यस्ता परिस्थितिलाई राजनीतिक नेतृत्वले तोड्न सक्नुपर्ने बताए ।

⁠नेपालमा स्टिल उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउँदै प्रचण्डले त्यस्ता उद्योग स्थापनका लागि गम्भीर भएर काम गर्नुपर्नेमा जोड दिए । उनले ⁠कृषिमा रोजगारी सिर्जना गर्नका लागि सिंचाइलाई प्राथमिकता दिन र ⁠विकासका काम रोकिएका भए अघि बढाउन दिर्नेशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?