+
+

यी हुन् यो वर्ष सर्वाधिक डिलिट भएका सोसल मिडिया एपहरू

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ८ गते १०:०९

वर्ष सन् २०२३ सकिंदैछ । यो वर्ष प्रविधि जगतका लागि पनि उतारचढावको वर्ष रह्यो । यही कडीमा यो वर्षका सबैभन्दा धेरै डिलिट भएका सोसल मिडिया एपको सूची सार्वजनिक भएको छ ।

सोसल मिडिया प्रयोगकर्ताको संख्यामा लगातार वृद्धि भैरहेको छ । पछिल्लो रिपोर्ट अनुसार विश्वमा विभिन्न सोसल मिडिया प्रयोगकर्ताको संख्या चार अर्ब ८० करोड भन्दा धेरै छ ।

रिपोर्ट अनुसार अधिकांस सोसल मिडिया प्रयोगकर्ताले हरेक दिन औसतमा २ घण्टा २४ मिनेट सोसल मिडियामा बिताउँछन् ।

विश्वमा धेरैभन्दा धेरै मानिसहरुमा सोसल मिडियाको लत बसेको मात्र छैन कैयन् मानिसहरु सोसल मिडियाबाट टाढा पनि भैरहेका छन् ।

अमेरिकी प्रविधि कम्पनी टिआरजी डाटासेन्टरले एक रिपोर्ट सार्वजनिक गरेको छ । जसमा यो वर्षका सबैभन्दा धेरै डिलिट हुने एपहरुको बारेमा जानकारी दिइएको छ ।

रिपोर्ट अनुसार सार्वजनिक भएको २४ घण्टाभित्रै १० करोड प्रयोगकर्ता हासिल गर्न सफल भएको मेटा कम्पनीको थ्रेड एपले त्यसपछिका ५ महिनामा हालसम्म ८० प्रतिशत प्रयोगकर्ता गुमाएको थियो ।

रिपोर्ट अनुसार यो वर्ष विश्वका करिब १० लाख मानिसहरुले इन्टरनेटमा इन्स्टाग्राम अकाउन्ट कसरी डिलिट गर्ने ? भन्ने तरिका खोजेका थिए । करिब १० लाख २० हजार प्रयोगकर्ताले इन्स्टाग्राम एप डिलिट गरेसँगै इन्स्टाग्राम यो वर्ष सर्वाधिक डिलिट हुने सोसल मिडिया एप बनेको छ ।

त्यस्तै सबैभन्दा धेरै डिलिट हुने एपको दोस्रो नम्बरमा स्नापच्याट रहेको छ जुन एक लाख २८ हजार ५०० जनाले डिलिट गरेका छन् । त्यस्तै धेरै डिलिट हुने एपको तेस्रो नम्बरमा एक्स, चौथोमा टेलिग्राम र पाँचौमा फेसबुक छ भने छैटौंमा टिकटक, सातौंमा युट्युब, आठौंमा ह्वा्ट्सएप र नवौंमा विच्याट रहेका छन् । यो वर्ष ४९ हजार जनाले फेसबुक एप डिलिट गरेका छन् । ह्वाट्सएप डिलिट गर्नेको संख्या भने चार हजार ९५० मात्रै छ ।

कुन सोसल मिडिया एप कतिजनाले डिलिट गरे ?

  • इन्स्टाग्राम : १० लाख २० हजार
  • स्नापच्याट : १ लाख २८ हजार ५ सय
  • टेलिग्राम : ७१ हृजार ७ सय
  • फेसबुक : ४९ हजार
  • टिकटक : २४ हजार ९ सय
  • युट्युब : १२ हजार ५ सय
  • ट्वीटर : १२ हजार ३ सय
  • ह्वाट्सएप : ४ हजार ९५०
  • विच्याट : २ हजार ९०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?