+
+

कामेश्वर चौरासिया स्टारर वेब-सिरिज ‘कैंची’को शुभसाइत

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ९ गते १६:४९

काठमाडौं । सिमराको जितपुरस्थित गढीमाई मन्दिरमा वेब-सिरिज ‘कैंची’को शुभसाइत गरिएको छ । पुस १३ गतेदेखि सिरिज छायांकन सुरु हुनेछ । दशैंमा निर्माताले सिरिज घोषणा गरेका थिए ।

मधेशको परिवेशमा लेखिएको सिरिजमा अभिनेता कामेश्वर चौरासिया, आमिर गौतम, पूजा ठाकुर, सुनिता पासवान, घनश्याम गिरी, दीपक चन्द, प्रदीप ढकाल, हरिश विक्रम खडायत, शुभम भुमियार, रियाज आचार्य, दीपक आरजे र सरोज शाको अभिनय रहनेछ ।

सत्य घटनाबाट प्रभावित भनिएको सिरिजमा पारिवारिक सम्बन्ध र त्यसले ल्याउने कलहलाई प्रस्तुत गरिने भएको छ । तराई क्षेत्रमा हुने घटनामा यो सिरिज बन्ने छ । पटकथालाई कामेश्वर र निर्देशक नरेशनाथ योगीले लेखेका हुन् । सिरिजको निर्देशन नरेश आफैले गर्दैछन् ।

बड्डी इन्टरटेनमेन्ट र अक्स इन्टरनेसनल स्टुडियोको प्रस्तुतीमा निर्माण हुने सिरिजको निर्मातामा गणेशप्रसाद बाग र कार्यकारी निर्मातामा समिर खरेल छन् । मित्र गुरुङको सम्पादन, मनिष भट्टको मुख्य सहायक निर्देशन, सुमितराज भट्टको एसोसियट निर्देशन, निहाल नरेन सिंहको कला निर्देशन र निसाल पौडेलको डीओपी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?