+
+

प्रधानमन्त्रीकै नेतृत्वमा शासकीय सुधार आयोग गठनको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १० गते १७:४०

१० पुस, काठमाडौं । प्रशासन लगायतका समग्र शासकीय पक्षमा सुधार गर्न प्रधानमन्त्रीकै अध्यक्षतामा शासकीय सुधार आयोग बन्ने भएको छ ।

सरकार गठन भएको एक वर्ष पुरा भएको अवसरमा सोमबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै नेतृत्वमा तत्काल शासकीय सुधार आयोग गठन गरिने बताएका हुन् ।

यस्ता आयोगको अन्तिम प्रतिवेदन प्राप्त भएपछि मात्र कार्यान्वयनमा लैजाने परम्परा तोडेर समयवद्ध सुझाव तत्काल कार्यान्वयनमा लैजाने र परिणाम दिने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?