+
+

पक्राउ पुर्जीबारे विप्लव : सहमति पनि गर्ने, घेराबन्दी पनि गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ११ गते १२:२२

११ पुस, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सरकारले आफूहरुसँग सहमति पनि गर्ने र घेराबन्दी पनि गर्ने गरेर दोहोरो चरित्र देखाएको गुनासो गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार बिहान बसेको समाजवादी मोर्चाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । उनले भने, ‘सहमति पनि गर्ने, घेराबन्दी पनि गर्ने जो खालका चित्रहरु देखिएका छन्, त्यो चल्दैन ।’

हालै विप्लव लगायतका नेकपाका नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको सूचना पत्रिकामा छापिएको थियो । विप्लवले त्यसबारे प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

आजै साँझ ६ बजे फेरि प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चाको बैठक बस्ने र त्यसबारे विस्तृतमा छलफल गर्ने विप्लवले बताए ।

मोर्चाको बैठकमा सहभागी नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले आफूहरु विरुद्धको प्रक्राउ पुर्जी शान्ति प्रक्रिया र गणतन्त्र विरुद्धकै षडयन्त्र भएको टिप्पणी गरे । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा आफूहरुसँग भएको तीन बुँदे सहमति कार्यान्वयनमा जोड दिएको पनि बताए ।

उनका अनुसार आज बिहानको बैठकमा देशको परिस्थिति, समाजवादी मोर्चाका आगामी कार्यक्रम लगायतका विषयमा छलफल सुरु भएको छ । छलफल नसकिएकाले आजै बेलुका ६ बजे फेरि बैठक बस्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?