+
+

विद्युत् विवाद समाधानार्थ देउवा र ओलीलाई उद्योगीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ११ गते २०:००

११ पुस, काठमाडौं । डेडिकेटेड र ट्रङ्कलाइन विवाद समाधान गर्न नेपाल उद्योग परिसंघको नेतृत्वमा प्रभावित उद्योगीहरुले उच्चस्तरीय नेतृत्वसँग छलफल थालेका छन् ।

परिसंघ उपाध्यक्ष अमित मोरसहितका उद्योगीहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्दै ध्यानाकर्षण गराएका हुन् । मंगलबार एमाले अध्यक्ष ओलीसँग भेटघाट गरेको उद्योगीले बुधबार बिहान कांग्रेस सभापति देउवासँग भेटेका थिए ।

भेटमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले कानूनी व्यवस्था अनुरुप विवाद समाधान हुनुपर्ने बताएका छन् । ‘कानुनी व्यवस्था विवाद समाधान अनुरुप हुनुपर्छ, सबैले कानूनको पालना गर्नुपर्छ, यो विवाद बढाउने नभई समाधान गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउँछौं’ भनी नेताहरुले आश्वासन दिएको परिसंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?