+
+

सुर्खेत कारागारमा राजु लामाले गराए कैदीबन्दीलाई मनोरञ्जन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते ११:४५

काठमाडौं । पपगायक राजु लामा सुर्खेत कारागारभित्र गुञ्जिएका छन् । उनले आफ्ना चर्चित गीतमार्फत कैदीबन्दीलाई मनोरञ्जन दिए । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमपछि उनी बिहीबार सुर्खेतको वीरेन्द्रनगर पुगेका थिए ।

कर्णाली प्रदेश प्रहरी कार्यालयले कारागारमा गायक लामाको प्रस्तुति आयोजना गरेको थियो । उनले एक घण्टा कारागारका कैदीबन्दीलाई गीतमार्फत मनोरञ्जन दिएको प्रहरीले जनाएको छ ।

राजुले आफ्ना हिट गीत तिमीलाई देखेर, पर्खाइमा, हल्ला चलेछ, ऋतुहरुमा तिमी, झरनाको चिसो पानी, उँभो उँभो खासा लगायतका गीत गाए । उनले जेल सजाय बिताइरहेका कैदीबन्दीलाई आफूलाई सुधारेर समाजमा आउन आग्रहसमेत गरेका थिए ।

कर्णाली प्रदेश प्रहरी प्रमुख भीमप्रसाद ढकालले कैदीबन्दीको जीवनयापन सुधार्न र उनीहरुलाई मानसिक रुपमा स्वस्थ राख्ने सांगीतिक कार्यक्रम आयोजना गरिएको बताए । उक्त कारागारमा यतिबेला ३३१ पुरुष, ३४ जना महिला र दुईजना आश्रित छन् ।

कार्यक्रममा कर्णाली प्रदेश प्रहरी ढकालसहित नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय प्रमुख प्रहरी उपरीक्षक रामप्रकाश शाह, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापा र कारागार प्रशासक अधिकृत लक्ष्मी खरेल लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?