+
+

बालकुमारी घटनाप्रति कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते १६:०९

१३ पुस, काठमाडौं । शुक्रबार बालकुमारीमा भएको घटनाको छानविन गर्न नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गरेको छ ।

रोजगार अनुमति प्रणाली मार्फत दक्षिण कोरिया जानका लागि परीक्षा दिन पाउनुपर्ने माग गर्दै प्रदर्शन गर्दा दुई युवाको ज्यान गएको छ । युवाहरुको प्रदर्शनलाई प्रहरीलाई हस्तक्षेप गर्दा उपचारको क्रममा दुई युवाको मृत्यु भएको हो । पानीजहाज कम्पनीमा परीक्षा दिएकाले अन्य क्षेत्रमा परीक्षा दिन नपाउने एपीएस कार्यालयले जनाएको थियो ।

मन्त्री सवार गाडीमा आगजनी हुनु, तत्पश्चात प्रदर्शनकारीलाई नियन्त्रणमा लिने मृत्यु भएको प्रति पार्टीको ध्यानाकर्षण भएको कांग्रेसले जनाएको छ । ‘घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानविन गर्नुका साथै घटनामा घाइते भएकाहरुको उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न नेपाल सरकारसँग नेपाली कांग्रेस माग गर्दछ,’ प्रचार विभाग प्रमुख मीन विश्वकर्माले निकालेको विज्ञप्तिमा भनिएको छ ।

शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन कांग्रेसले अपिल गरेको छ ।

कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पनि बालकुमारी घटनाको विषय उठेको छ । शुक्रबार बैठकमा बोल्दै केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले भने,‘ मन्त्री ज्यान जोगाएर भागे पनि २ आन्दोलनकारीको सरकारी गोली लागेर ज्यान गयो । रिसाएका नागरिक यो तहको बिद्रोहमा उत्रनु सामान्य कुरा होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?