+
+

जानकी मन्दिरलाई ट्रस्टमा लैजानु पर्ने मागसहित हस्ताक्षर अभियान

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते २०:२९

१३ पुस, जनकपुरधाम । जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरलाई ट्रष्टमा लैजानु पर्ने मागसहित हस्ताक्षर अभियान थालिएको छ ।

नागरिक युवा समाजले जनकपुरधामले जानकी मन्दिरलाई ट्रस्टमा लैजानु पर्ने मागसहित दबाब अभियान थालेको हो ।

महन्थले मन्दिरमा चढ्ने भेटीको हरहिसाब पारदर्शी नगर्ने, मन्दिरलाई राम्ररी व्यवस्थापन गर्न नसक्ने तथा महन्थ र सहमहन्थकै बीचमा बेलाबेला भइरहने बिबादले मन्दिरको गरिमामाथि आँच पुगेको भन्दैहरु ट्रस्टमा लग्नु पर्ने माग युवाहरुले गरेका छन् ।

जानकी मन्दिरलाई ट्रस्टमा लगेर सञ्चालन गर्नुपर्ने मागसहित निन्तर दबाबमूलक कार्यक्रम अघि बढिरहने अभियानका अध्यक्ष धर्वेन्द्र साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?