+
+

जानकी मन्दिरबाट सुदर्शनले थाले ‘रावायण’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १० गते १२:१५

काठमाडौं । निर्देशक सुदर्शन थापाले जनकपुरस्थित जानकी मन्दिरबाट आफ्नो ‘महत्वाकांक्षी’ फिल्म ‘रावायण’को छायांकन थालेका छन् । कलाकार र प्राविधिकको उपस्थितिमा सोमबार बिहान पूजाआजा गर्दै छायांकन थालिएको हो । प्रमुख कलाकार पूजा शर्मा, पल शाह, प्रमोद अग्रहरिले क्यामेरा पूजा गरे ।

सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा फिल्म बन्न लागेको हो । यो फिल्ममा पल, पूजा र प्रमोदसँगै प्रियंका कार्की, निकिता चाण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकालको पनि अभिनय हुनेछ ।

शिवम् अधिकारीको पटकथा, सौरभ लामाको छायांकन, समीर मियाको भीएफएक्स, विक्रम स्वाँर र रामजी लामिछानेको नृत्य र श्री श्रेष्ठको द्वन्द्व हुनेछ ।

संगीतको सबै काम मुम्बईमा गरिएको हो । यो फिल्म भदौ २१ गते तीज छेकोमा प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?