+
+

राममन्दिर प्राण प्रतिष्ठाको खुशियालीमा जानकी मन्दिरमा सवा लाख दीप बालिँदै

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ८ गते १४:१५

८ माघ, जनकपुरधाम । भारत उत्तर प्रदेशस्थित अयोध्यामा सोमबार राममन्दिरको प्राण प्रतिष्ठा गरिएको खुशियाली जनकपुरधाममा पनि मनाइएको छ । रामको ससुराली र जानकीको माइतको रुपमा रहेको जनकपुरमा जानकी मन्दिरसहित विभिन्न धार्मिक संघसंगठनले उत्सव मनाउँदै छन् ।

यो अवसरमा जानकी मन्दिर प्रांगणलाई फूल तथा दीपले सजाइएको छ । सोमबार साँझ जानकी मन्दिरमा रंगोली बनाउँदै सवा लाख दीप प्रज्वलन गर्ने तयारी गरिएको छ । जानकी मन्दिर व्यवस्थापन पक्ष लगायत हिन्दुवादी संगठनले दीप प्रज्वलनको लागि तयारी गरेका छन् ।

जानकी मन्दिर वरपर श्री सियाराम उल्लेखित भगवा रंगको झण्डाले सजाइएको छ ।

राममन्दिरको प्राण प्रतिष्ठालाई लिएर धनुषाको सहिदनगर नगरपालिका, बटेश्वर गाउँपालिका, नगराइन नगरपालिका र जनकनन्दनी गाउँपालिका लवगायत अन्य जिल्लाका कतिपय पालिकाले सार्वजनिक बिदा समेत दिएको छ । सोमबार दीप प्रज्वलन गरी दिपोउत्सवको रुपमा मनाउन पालिकाहरुले आग्रह समेत गरेका छन् ।

बटेश्वर गाउँपालिकामा स्थानीयले अष्टजाम आयोजन गरेका छन् । त्यस अवसरमा १ हजार एक साधुसन्तको भण्डारासमेत आयोजन गरेको रामपुकार महतोले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?