News Summary
Generated by OK AI. Editorially reviewed.- जनकपुरमा आन्दोलनरत हिन्दुवादी मोर्चा र सरकारी पक्षबीच १३ बुँदे मागमा सहमति जुटेको छ ।
- हिन्दू राष्ट्रको विषयसहितका मागमा छलफल गर्न सरकारलाई तीन महिनाको समय दिइएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले जानकारी दिनुभयो ।
- सुनसरी घटनापछि मधेशमा देखिएको तनाव कम गर्न गृहमन्त्री सुधन गुरुङ र स्थानीय जनप्रतिनिधिहरूबीच वार्ता भएको हो ।
१६ साउन, जनकपुरधाम । जनकपुरमा भएको सरकारी पक्ष र आन्दोलनरत हिन्दुवादी मोर्चाबीच सहमति भएको छ ।
शनिबार भएको दुई चरणको वार्तापछि सहमति भएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले जानकारी दिए ।
वार्तामा आन्दोलनरत पक्षले हिन्दू राष्ट्र कायमसहित १३ बुँदे मागपत्र राखेका थिए ।
सोही अनुसार नेपाल सरकारले काम गर्नेगरी दुवै पक्षबीच सहमति भएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले जानकारी दिए ।
सुनसरी घटनापश्चात मधेशमा उत्पन्न तनाव कम गर्दै आपसी शान्ति, सद्भाव, सहिष्णुता कायम गर्न नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङसहित मधेश प्रदेश सरकार र स्थानीय सरकारका प्रतिनिधिहरूबीच वार्ता भएको हो ।
यसअघि दिउँसो पनि पहिलो चरणमा वार्ता भएको थियो । जसमा आन्दोलनरत पक्षले आफ्ना मागहरू राखेका थिए ।
१३ बुँदे मागमा हिन्दू राष्ट्रको विषय पनि उल्लेख छ । त्यसमा थप छलफल गर्न सरकारलाई ३ महिनाको समय दिएर सहमति जुटेको बताइएको छ ।
प्रतिक्रिया 4