+
+
Shares

प्रस्तावित ठाउँमै ट्रमा सेन्टर बन्नुपर्ने भन्दै ढल्केबरमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

गत शुक्रबार प्रस्तावित ठाउँमै ट्रमा सेन्टर बन्नुपर्ने माग राख्दै  संघर्ष समितिले चरणबद्ध आन्दोलन घोषणा गरिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते १२:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर सोही स्थानमा निर्माण हुनुपर्ने माग राख्दै स्थानीयवासीले पूर्वपश्चिम राजमार्ग आधा घण्टा अवरुद्ध गरेका छन् ।
  • स्वास्थ्यमन्त्री निशा मेहताले सदनमा ट्रमा सेन्टर लाहानमा बन्ने जानकारी गराएपछि ढल्केबर क्षेत्रका स्थानीयवासी आन्दोलित बनेका छन् ।
  • संघर्ष समितिका संयोजक तथा मेयर महेन्द्र महतोले ट्रमा सेन्टरका लागि आवश्यक जग्गा प्राप्ति र लालपूर्जाको काम सम्पन्न भइसकेको दाबी गरेका छन् ।

२५ साउन, जनकपुरधाम । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर बन्नु पर्ने माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ ।

ट्रमा सेन्टर संरक्षण संघर्ष समितिको आह्वानमा जारी आन्दोलनको आज पाँचौ दिन स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिसहितको सहभागितामा आधा घण्टा राजमार्ग अवरुद्ध गरिएको हो ।

बिहान ११ बजेदेखि ११: ३० बजेसम्म राजमार्ग अवरुद्ध गर्दै सरकारविरुद्ध नाराबाजी गरिएको छ ।

गत शुक्रबार प्रस्तावित ठाउँमै ट्रमा सेन्टर बन्नुपर्ने माग राख्दै  संघर्ष समितिले चरणबद्ध आन्दोलन घोषणा गरिएको थियो ।

बुधबार सदनमा स्वास्थ्यमन्त्री निशा मेहताले लाहानमा बन्ने जानकारी गराएकी थिइन् । यसपछि ढल्केबर क्षेत्रमा विरोध सुरु भएको छ ।

भोलि पनि बिहान ११ बजेदेखि १२ बजेसम्म र २७ गते बिहान ११ बजेदेखि १ बजेसम्म चक्काजामको कार्यक्रम रहेको संघर्ष समितिका संयोजक समेत रहेका संघर्ष समितिका संयोजक समेत रहेका मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले बताए ।

हाल मिथिला नगरपालिका–७, साविकको ढल्केवर गाविस वडा नं २‘क’ को कित्ता नं १६९ को चार विघा क्षेत्रफल रहेको ऐलानी जग्गालाई आधार मानेर संघिय सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा ट्रमा सेन्टर निर्माण गर्ने शीर्षकमा पहिलो पटक रकम विनियोजन गरेको थियो ।

उक्त योजनाका लागि जग्गा प्राप्तिको प्रक्रिया पनि पूरा भइसकेर लालपूर्जा बनिसकेको मेयर महतोले बताए । शिलान्यासको संघारमा रहेको उक्त योजना विवादित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?