२५ साउन, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–६ का वडा अध्यक्ष दिनेशप्रसाद साहको निधन भएको छ । आज बिहान ५ बजे उनको असामयिक निधन भएको हो ।
उपमहानगरपालिकाले उनको निधनमा शोक संदेश जारी गर्दै आज एक दिनका लागि अत्यावश्यकबाहेकका सम्पूर्ण सरकारी सेवा बन्द गरेको जनाएको छ ।
उपमहानगरपालिकाका अधिकृत दशौं मेहीलाल यादवले जारी गरेको शोक संदेशमा कार्यालय तथा मातहतका सबै वडा कार्यालयका सेवा बन्द रहने उल्लेख छ । उपमहानगरपालिकाले दिवंगत साहप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4