+
+

अयोध्यामा जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते १०:३३

१९ पुस, जनकपुरधाम । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राणप्रतिष्ठाका लागि धनुषास्थित जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदैछ ।

मिथिलाञ्चलमा छोरीको घरमा माइतबाट कोसेली पठाउने चलन छ । त्यही विधि अनुसार अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राणप्रतिष्ठा (घरबास)मा सीताको माइतीघर जनकपुरबाट कोसेली पठाउन लागिएको हो ।

कोसेलीमा सारी, धोती, गरगहना, पलङ, टेबुल, कुर्सी, चुल्हो, विभिन्न प्रकारका मिठाइ समावेश गरिएको छ । ती कोसेली बोकेको टोली आज महोत्तरीको जलेश्वर, मलंगवा, गौर, कलैया हुँदै वीरगञ्जमा पुगेर बास बस्नेछ ।

भोलि (शुक्रबार) बिहानै सीमापारि भारतको रक्सौल हुँदै बेतिया, गोरखपुर र अयोध्या पुग्ने जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले बताए । उनका अनुसार शनिबार बिहान ९ बजे राम जन्मभूमि ट्रष्टलाई कोसेली हस्तान्तरण गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?