+
+

अयोध्या सेलिब्रेटीमय, श्रीरामको प्राण प्रतिष्ठामा पुगे बलिउड र साउथ स्टार (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ८ गते १३:४९

काठमाडौं । नेपाली समयानुसार पौने १ बजे भारतको अयोध्यामा श्रीरामको मूर्ति स्थापना गरिएको छ । रणवीर कपुर-आलिया भट्ट, कट्रिना कैफ-विक्की कौशल, रोहित शेट्टी, माधुरी दीक्षित-डाक्टर श्रीराम नेने, आयुष्मान खुराना, चिरञ्जीवी, राम चरण, अनुपम खेर लगायत धेरै सेलिब्रेटी प्राण प्रतिष्ठा समारोहमा सहभागी छन् ।

रणवीर धोती–कुर्ता र सल बोकेर अयोध्या पुगे भने उनकी पत्नी आलिया नीलो रंगको साडीमा मिल्दो सलमा आकर्षक देखिइन् । कट्रिना र विक्कीको जोडीले एकअर्काको हात समातेर पापाराजीको अगाडि पोज दिए ।

माधुरी दीक्षित पति माधव नेनेसँग अयोध्या पुगिन् । माधुरीले पहेंलो साडी लगाएकी थिइन् भने उनका श्रीमान् अफ ह्वाइट र मरुन पठानी सुटमा सजिएका थिए । अमिताभ बच्चन कुर्ता–पाइजामा लगाएर कारबाट ओर्लिए । कार्यक्रममा अमिताभसँगै उनका छोरा अभिषेक बच्चन पनि पुगेका छन् ।

आयुष्मान खुरानाले कुर्ता–पाइजामा सदारी र सल लगाए भने अभिनेता ज्याकी श्राफ हातमा मनी प्लान्ट लिएको देखिएका थिए । समारोहमा सहभागी हुन अभिनेता अयोध्या पुगेका छन् । यस क्रममा उनी पारम्परिक लुकमा देखिएकी थिए ।

साउथ स्टार चिरञ्जीवी र छोरा राम चरण पनि अयोध्यामा देखिए । प्राण प्रतिष्ठामा चार हजार तपस्वी र ठूला व्यक्तित्वसहित करिब सात हजार पाहुनालाई निमन्त्रणा गरिएको बताइएको छ ।

यो मन्दिर निर्माणका लागि अहिलेसम्म धेरै आम र विशेष व्यक्तिले सहयोग गरिसकेका छन् । अक्षय कुमार, अनुपम खेर, पवन कल्याण र गुरमीत चौधरी लगायत धेरै सेलिब्रेटीले पनि मन्दिर निर्माणका लागि चन्दा दिएका छन् ।

अक्षय कुमारले एक्सन (ट्वीटर)मा टाइगर श्राफसँगको भिडियो सेयर गरेका छन् । भिडियोमा अक्षयले रामको मूर्ति स्थापनाको लागि भारतवासीलाई बधाई दिइरहेका छन् ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?