+
+

अयोध्याको राम मन्दिरमा प्राणप्रतिष्ठा, कपिलवस्तुका चार पालिकामा विदा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १६:५८

७ माघ, बुटवल । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राण प्रतिष्ठा कार्यक्रमका अवसरमा कपिलवस्तुका चार स्थानीय तहले सार्वजनिक विदा घोषणा गरेका छन् ।

कपिलवस्तुका कपिलवस्तु, शिवराज र कृष्णनगर नगरपालिका तथा शुद्धोधन गाउंपालिकाले माघ ८ गते स्थानीय विदा घोषणा गरेका हुन् ।

रामसँग नेपालकी छोरी सीताको विवाह भएकाले उक्त दिप दीप प्रज्ज्वलन गर्न समेत अनुरोध गरेका छन् ।

उक्त दिन नगरपालिका कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्था (अति आवश्यक वाहेक) बन्द गर्न कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले जारी गरेको सूचनामा उल्लेख छ ।

उक्त दिन पशुपन्छी जिवजन्तुको बध नगर्न तथा मदिरा, मासु र माछाको बिक्री वितरण नगर्न समेत पालिकाले अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?