+
+

नेपालगञ्ज–जनकपुर सिधा हवाइ उडान

कृष्ण अधिकारी कृष्ण अधिकारी
२०८० फागुन ६ गते १५:१४

६ माघ जनकपुर । नेपालगञ्जबाट जनकपुरसम्म हवाइ उडान सुरू भएको छ । यति एयरको एटिआर ७२ विमान ७२ जना यात्रु बोकेर शनिबार नेपालगञ्ज विमानस्थलबाट जनकपुर पुगेको थियो ।

नेपालगञ्जबाट जनकपुरका लागि उडेको पहिलो विमानमा लुम्बिनी प्रदेश सरकारी शहरी विकास मन्त्री कृष्णा केसी, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट , नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक धामी लगायत पर्यटन व्यवसायी, नागरिक समाजका अगुवा र सञ्चारकर्मीहरू सहभागी थिए ।

बागेश्वरी मन्दिरका मुल महन्त चन्द्रनाथ योगी सहित जनकपुर विमानस्थलमा पुगेको टोलीलाई जनकपुरधामका उपमहानगरपालिका मेयर मनोजकुमार साहले स्वागत गरेका थिए ।

मेयर साहले आफ्नै अगुवाइमा नेपालगञ्जबाट जनकपुरधाम पुगेका जनप्रतिनिधि, उद्योगी व्यवसायी र सञ्चारकर्मीहरुको टोलीलाई जानकी मन्दिरको दर्शन र पूजा पाठको प्रबन्ध मिलाएका थिए ।

जानकी मन्दिरका उत्तराधिकारी मुल महन्त राम रोशन दाशले बागेश्वरी मन्दिरका मुल महन्त चन्द्रनाथ योगी सहितको टोलीलाई जानकी मन्दिरको दर्शन र पूजापाठ गराएका थिए ।

माता बागेश्वरी र माता जानकीको शहरबीच सिधा हवाइ उडानले नेपालको धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने मुल महन्त दाशले बताए ।

भारतको अध्योध्यामा हालै पुनर्निर्माण गरिएको राम मन्दिरको दर्शन गर्ने पुग्ने हिन्दु पर्यटकको संख्या निक्कै धेरै छ ।

अयोध्यामा राम मन्दिरको दर्शन गर्ने हरेक पर्यटकले जानकी मन्दिरको दर्शन गरेपछि मात्रै पूर्ण दर्शन पूरा हुने धार्मिक विश्वास छ । त्यसैले अध्योध्या पुगेका धार्मिक पर्यटकहरुलाई जनकपुरधाममा रहेको जानकी मन्दिरको दर्शन गर्नका प्रेरित गर्न सके अयोध्या–नेपालगन्ज–जनकपुरबीच नयाँ धार्मिक सर्किट विकास गर्न सकिने पर्यटन व्यवसायीहरुलाई लागेको छ ।

जनकपुरबाट अयोध्या ४६० किलोमिटरको दुरीमा पर्छ । जनकपुरबाट अयोध्यासम्म पुग्नका लागि सडक तथा हवाइ यातायातको सहज पहुँच छैन ।

नेपालगञ्जबाट अयोध्या १७८ किलोमिटरको दुरीमा छ । र नेपालगञ्जबाट अयोध्यासम्म सिधा बस सञ्चालनमा पनि छ । राम मन्दिरको दर्शन गर्न पुग्ने भारतीय पर्यटकलाई नेपालगञ्ज ल्याएर प्लेनमार्फत एक घन्टामा जनकपुरधाम पुर्‍याएर जानकी मन्दिरको दर्शन गराउने योजना पर्यटन व्यवसायीहरुको छ । दुई ऐतिहासिक एवम् धार्मिक शहर शहर नेपालगञ्ज र जनकपुरबीचको सम्बन्धलाई थप सुदृढ गर्ने र धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सिधा हवाइ उडान सुरू गरिएको पर्यटन व्यवसायी श्रीराम सिग्देलले बताए ।

अहिले परीक्षण उडान सफल भएको र छिट्टै नै व्यवसायिक रुपमा हप्तामा एक दिनको तालिका अनुसार उडान सुरु गरेर आवश्यकता अनुसार बढाउँदै लैजाने योजना रहेको नेपालगञ्जका पर्यटन व्यवसायीहरुले बताएका छन् ।

लेखकको बारेमा
कृष्ण अधिकारी

कृष्ण अधिकारी नेपालगञ्जबाट खोजमूलक स्टोरी लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?