+
+
Shares

यस्तो बन्यो मदन भण्डारी हीरक जयन्ती मूल व्यवस्थापन समिति

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३१ गते २२:४२

३१ असार, काठमाडौं । नेकपा एमालेका दिवंगत नेता मदन भण्डारीको स्मृतिमा हीरक महोत्सव मनाउन बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा ‘जननेता मदन भण्डारी ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’ गठन भएको छ ।

मंगलबार काठमाडौंमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेर पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार समितिको संरक्षक विद्यादेवी भण्डारी रहनेछिन् ।

फाउन्डेसनका अनुसार भण्डारीको ७५औं जन्मजयन्तीको सन्दर्भमा उनको व्यक्तित्व, कृतित्व र योगदानलाई जनसमक्ष पुर्‍याउने उद्देश्यले  गठन गरिएको समितिको सल्लाहकार समितिमा महेन्द्रबहादुर पाण्डे, सोमनाथ अधिकारी प्यासी, युवराज कार्की र वाचस्पति देवकोटा रहेका छन् ।

समितिको सहसंयोजकद्वयमा सुशील प्याकुरेल र प्रा.डा. गणेशमान गुरुङ रहेका छन् भने सचिवमा डा. भेषराज अधिकारी रहेका छन् ।

त्यस्तै सदस्यहरूमा सानुकुमार श्रेष्ठ, गोपाल गुरागाईं, बिनोद ढकाल, पार्वत भण्डारी, खेम नेपाली, राम दंगाल, सिद्धराज राई, सुबोधराज प्याकुरेल, जयकुमार राई, राज मोहम्मद राय, मणिशंकर निधि लगायत रहेका छन् ।

१४ असार २००९ मा जन्मिएका भण्डारीको ३ जेठ २०५० मा दासढुंगा दुर्घटनामा मृत्यु भएको थियो । ४१ वर्षमै उमेरमा दुर्घटनामा ज्यान गुमाएका भण्डारी जनताको बहुदलीय जनवाद (जबज) का प्रणेता हुन् ।

२०४६ भदौमा सम्पन्न नेकपा मालेको चौथो महाधिवेशनबाट महासचिव भएका भण्डारीले झन्डै साढे तीन वर्ष मात्रै खुला राजनीतिमा बिताउन पाए ।

उनकै स्मृतिमा गठन गरिएको फाउन्डेसनले हीरक महोत्सव मनाउने तयारी सुरु गरेको हो ।

फाउन्डेसनका अनुसार मदन भण्डारी हीरक जन्मजयन्तीलाई २०८२ र २०८३ सालभरि मनाइने र २०८४ सालमा समापन वर्षको रूपमा ऐतिहासिक रूपमा मनाइनेछ ।

जन्मजयन्तीमा विचार गोष्ठी, छलफल तथा अन्तरक्रिया, कविता, वादविवाद, हाजिरीजवाफ र खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, पुस्तक प्रदर्शनी जस्ता रचनात्मक क्रियाकलाप गरिने फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले जानकारी दिइन् । भण्डारीका अनुसार यो समिति देशका टोलटोलसम्म पुगेर अन्य सामाजिक अभियानसँग जोड्न प्रयास गरिने बताइन् ।

यस्तो छ मूल व्यवस्थापन समितिको विवरणः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?