
News Summary
Generated by OK AI. Editorially reviewed.- एलिजे जमाली र आयुष सिंह ठकुरीले सोमबार काठमाडौं जिल्ला अदालतमा कानुनी रुपमा विवाह गरेका छन्।
- विवाहपछि एलिजेले सामाजिक सञ्जाल फेसबुकमा परम्परागत पोशाकमा दुबोको माला लगाएको र विवाह प्रमाणपत्र समातेको तस्बीर सार्वजनिक गरेकी छिन्।
- एलिजे र आयुषबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेका थिए।
काठमाडौं । टिकटकमा प्रेम जोडीका रूपमा परिचित एलिजे जमाली र आयुष सिंह ठकुरीले कानुनी रुपमा विवाह गरेका छन् । सोमबार काठमाडौं जिल्ला अदालतमा उनीहरुले कानुनी रुपमा विवाह गरेका हुन् ।
विवाह पछिको तस्बीर एलिजेले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकी छिन् । जहाँ दुवैले परम्परागत बेहुला–बेहुलीको पोशाकमा दुबोको माला लगाएको र विवाह प्रमाणपत्र समातेको देखिन्छ ।
उनले सो तस्बीर पोस्टाउदै लेखेकी छिन्, ‘उनीहरूले हामीलाई अनलाइनमा खोजे । तर, हामी भने सधैंको लागि अनलाइनमा हस्ताक्षर गरिरहेका थियौं । मिस्टर एण्ड मिसेस ।’
नेपालका आयुष सिंह र दुवईकी एलिजे जमालीबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको चर्चा चल्दै आएको थियो । सामाजिक सञ्जालमा सक्रिय यो जोडीले गत वर्ष दुबईमा इन्गेजमेन्ट गरेका थिए ।
त्यसयता उनीहरू केही समय देखि एकैसाथ बस्दै आएका थिए । सो तस्बिर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा शुभकामनाको ओइरो लागेको छ ।
प्रतिक्रिया 4