+
+
Shares

संसद्‌ विघटनले मलाई पछ्याइरहन्छ भन्ने थाहा छ : विद्यादेवी भण्डारी

‘संसद विघटन विगतको कुरा हो, यसले मलाई पछ्याइरहन्छ भन्ने कुरामा म जानकारै छु’ उनले भनिन्, ‘२०१७ सालको कुरा पनि इतिहासमा आइरहन्छ, पछि २०५१ मा पनि विघटन भएको छ त्यो पनि आइरहन्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३१ गते २२:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घटनाले आफूलाई पछ्याइरहने बारे आफू जानकार रहेको बताएकी छन्।
  • उनले संसद विघटन संविधानले गरेको व्यवस्थाअनुसार मन्त्रिपरिषद्ले निर्णय गरेर आएको र कुनै दबाबमा नगरेको दोहोर्‍याइन्।
  • भण्डारीले संसद विघटनको विषयमा संवैधानिक, राजनीतिक र इतिहासका कुराहरू छलफलको विषय हुनसक्ने बताइन्।

३१ असार, काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी नेतृ विद्यादेवी भण्डारीले संसद् विघटनको घटनाले आफूलाई पछ्याइरहने बारे आफू जानकार रहेको बताएकी छन् ।

मंगलबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको संसद् विघटनबारे प्रश्नमा उनले संविधानले गरेको व्यवस्थाअनुसार काम गरेको बताइन् ।

‘संसद् विघटन विगतको कुरा हो, यसले मलाई पछ्याइरहन्छ भन्ने कुरामा म जानकारै छु’ उनले भनिन्, ‘२०१७ सालको कुरा पनि इतिहासमा आइरहन्छ, पछि २०५१ मा पनि विघटन भएको छ त्यो पनि आइरहन्छ ।’

उनले थपिन्, ‘म राष्ट्रपति भएको बेलामा पनि दुईचोटि संसद् विघटन भएको छ, त्यो आइरहन्छ, तर त्यसलाई मैले कुनै दबाब भन्दा पनि मन्त्रिपरिषद्ले निर्णय गरेर आएको कुरालाई कार्यान्वयन गरेको हो, जे व्यवस्था छ त्यही गरेको हो ।’

उनले संसद् विघटनको सदर कुनै दबाबमा नगरेको दोहोर्‍याइन् । ‘अब त्यसमा तपाईंहरू छलफलमा भाग लिन चाहनुहुन्छ भने त्यसको संवैधानिक, राजनीतिक र इतिहासका कुराहरू र देशलाई के गरी निकास दिनुपर्थ्यो, कुन बेला के काम गर्नुपर्छ त्यो कुराहरू छलफलको विषय हुनसक्छ’ उनले भनिन्, ‘यसमा दबाब थिएन ।’

उनले थपिन्, ‘मैले संवैधानिक विधि व्यवस्था अनुसार मन्त्रिपरिषदले निर्णय गरेर आएको कुरालाई कार्यान्वयन गरेको कुरा जानकारी गराउन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?