+
+

पीएम कप महिला क्रिकेटमा एपीएफ अपराजित हुँदै क्वालिफार्यसमा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १४ गते १३:२०

१४ पुष, काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिताको लिगचरणमा अपराजित हुँदै एपीएफ क्वालिफायर्समा पुगेको छ ।

लिगको अन्तिम खेलमा बागमतीलाई ४७ रनले पराजित गर्दै एपीएफ सीधै क्वालिफार्यसमा पुगेको हो ।

मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको एपीएफले निर्धरित २० ओभरमा तीन विकेट गुमाएर १२६ रन बनाएको थियो ।

१२७ रनको लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ७९ रनमा सीमित भएपछि एपीएफ ४७ रनले विजयी भएको हो ।

बागमतीका लागि सोनी पाखि्रनले सर्वाधिक २० रन बनाइन् । यशु पाण्डेले १८ बलमा ३ चौकासहित १७ रन बनाइन । खुसी डंगोल र संस्कृति फूयाँल क्रमशः १० र २ रनमा अविजित रहे ।

एपीएफका लागि सुमन विष्टले सर्वाधिक २ विकेट लिइन् । सोनु खडेका, करुणा भण्डारी, नेरी थापा र सीता राना मगरले समान एक/एक विकेट लिइन् ।

त्यसअघि ब्याटिङ गरेको एपीएफका लागि सीता राना मगर सर्वाधिक ४४ रन बनाइन् । उनले ५० बलमा ४ चौका प्रहार गरिन् । ज्योती पाण्डेले १३, इन्दु बर्माले २८ रन बनाइन् । रोमा थापा १९ रन र ममता चौधरी १२ रनमा अविजित रहे ।

बागमतीका लागि संस्कृति फूयाँल, मनिषा उपाध्याय र सविका यादवले एक/एक विकेट लिइन् ।

एपीएफसँग परािजत भए पनि बागमती पनि प्लेअफ पुगिसकेको छ ।

एपीएफले ७ मा ७ जितसहित १४ अंकको साथमा शीर्ष स्थानमा छ भने बागमती ७ मध्ये ४ मा जित र तीनमा हार बेहोरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?