+
+

कांग्रेसले फेरि थप्यो भ्रातृ संस्थाको अवधि

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १५ गते १३:५०

१५ पुस, काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संस्थाको तदर्थ समितिलाई फेरि ६ महिना अवधि थपेको छ ।

पुस १२ देखि १४ सम्म बसेको केन्द्रीय समिति बैठकले भ्रातृ संस्थाको अवधि ६ महिना थपिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी गराए ।

नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, किसान संघ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र नेपाल लोकतान्त्रिक खेलकूद संघको म्याद पुन थपिएको हो । कांग्रेसका भ्रातृ संस्थाहरुले महाधिवेशन गर्न नसकेपछि भंग गरि तदर्थ समिति बनाएको छ ।

नेविसंघ र तरुण दलको २०७२  र महिला संघले २०७३ सालमा अधिवेशन गरेका थिए । निर्वाचित समितिको अवधि सकिएपछि नेविसंघ, तरुण दल, महिला संघले अधिवेशन गर्न सकेका छैनन् । किसान संघले पहिलो अधिवेशन नै गर्न सकेको छैन । लोकतान्त्रिक आदिवासी जनजाति महासंघले भने आगामी जेठ २६ देखि २८ सम्मका लागि अधिवेशन गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?