+
+

काठमाडौंमा पनि इन्दिरा आईभीएफको शाखा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १५ गते १७:५९

काठमाडौं । इन्दिरा आईभीएफले नेपालमा पनि आफ्नो शाखा विस्तार गरेको छ । भारतमा प्रजननसम्बन्धी समस्याका लागि अत्याधुनिक समाधानहरू प्रदान गर्ने संस्थाहरुमध्ये अग्रपंक्तिमा रहेको इन्दिरा आईभीएफले बाँझोपनको समस्या समाधानका लागि काठमाडौंमा आफ्नो केन्द्र स्थापना गरेको जनाएको छ ।

नेपालमा पनि बाँझोपनको समस्यासँग सामना गरिरहेका व्यक्तिहरूको समस्या समाधान गर्ने उदेश्यले केन्द्रको स्थापना गरिएको इन्दिरा आईभीएफले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बाँझोपनका कारण आर्थिक तनावदेखि सामाजिक बहिष्करण, हिंसाका घटना र उचित मृत्युसंस्कार समेत प्राप्त नहुने जटिल चुनौतीहरूलाई मध्यनजर राखेर केन्द्र स्थापना गरिएको इन्दिरा आईभीएफले जनाएको छ ।

इन्दिरा आईभीएफ नेपाल केन्द्रकी प्रमुख तथा आईभीएफ विशेषज्ञ डा. नेहा हुमागाईंले बाँझोपनको बारेमा व्याप्त गलत धारणालाई सम्बोधन गर्दै त्यस्ता दम्पत्तिहरूलाई सही जानकारीको साथ सशक्त बनाउनु र विश्वस्तरीय उपचारका सुलभ विकल्पहरूमा पहुँच सुनिश्चित गर्नु रहेको बताइन् ।

इन्दिरा आईभीएफका संस्थापक तथा अध्यक्ष डा अजय मुर्दियाले नेपालमा इन्दिरा आईभीएफको विस्तारले बाँझोपनको पहुँचयोग्य, किफायती र विशेषज्ञ उपचारको अभावलाई पूरा गर्ने लक्ष्य रहेको बताए ।

इन्दिरा आईभीएफका सीईओ र सह-संस्थापक डा. क्षितिज मुर्दियाले आफ्ना सेवाहरू भारतभन्दा बाहिर विस्तार गर्न र उन्नत प्रजनन उपचारका लागि विश्वव्यापी पहलमा योगदान गर्न पाउँदा उत्साहित भएको बताए । नवीनतम प्रविधिबाट सफलताको दर मात्र बढाउँदैन, बरू बाँझोपनको सामना गरिरहेका जोडीहरूमा आशाको सञ्चार गराउने उनले बताए ।

काठमाडौंमा इन्दिरा आईभीएफको स्थापनाले महत्त्वपूर्ण प्रभाव पार्ने विश्वास आफूहरूले लिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?