+
+

काठमाडौं सहकारीमा पहिलोपटक कोइली नामक क्यूआरकोड सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २१ गते ७:२२

२१ पुस, काठमाडौं। स्मार्ट अडियो अलर्ट डिभाइस देवन सफ्ट प्रालि (आई स्मार्ट) र बित्स्क्राफ्ट प्रालिको साझेदारीमा काठमाडौंमै पहिलो पटक कोइली नामक क्यूआरकोड सञ्चालनमा ल्याएको छ ।

सहकारी डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ यो डिभाइस देवन सफ्ट प्रा लि (आई स्मार्ट)ले काठमाडौं मै पहिलो पल्ट सहकारीमा सुरुवात गरेको हो ।

समृद्धिका लागि समुदाय,समुदाय सँगसँगै डिजिटल भन्ने उद्देश्यका साथ वित्तीय कारोबार गर्दा भुक्तानी भएको ब्यहोरा आवाजबाटै तत्काल जानकारी दिन सकिने बताइएको छ ।

काठमाडौं महानगरपालिका-१५ वडा स्वयम्भूमा स्थापित डिजिटल वहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको दोश्रो बार्षिक साधारण सभा तथा दोश्रो वार्षिकोत्सव समारोहमा सहकारी डिजिटल बैंकिङ्ग सेवा अन्तर्गत क्यूआर कोडमार्फत ल्याइएको हो ।

यसले फोनपे नेटवर्क भुक्तानी प्रणालीमा आबद्ध भएका मर्चेण्टहरूसँग रहेको क्यूआर कोड मार्फत सेवाग्राहीहरूले भुक्तानी गर्दा एसएमएस अलर्ट आउने गरेकोमा अब सो को अतिरिक्त स्मार्ट अडियो अलर्ट डिभाइस ‘कोइली’बाट कारोबार सफल हुनासाथ तत्कालै सम्बन्धित ग्राहकले भुक्तानी गरेको रकम आवाजबाट निश्चित हुने सुविधा थप भएको छ ।

यस नवीनतम प्रविधिमा आधारित स्मार्ट अडियो अलर्ट डिभाइसमा रहेको क्यूआर कोड मार्फत भुक्तानी गर्नासाथ मर्चेण्ट तथा ग्राहकहरूले रकम भुक्तानी सफलतापूर्वक भएको सूचना आवाज मार्फत तत्काल प्राप्त गर्न गर्नेछन् । यस डिभाइसमा फोनपे नेटवर्कमा आबद्ध क्यूआर कोडमा भुक्तानी गर्दा मौखिक जानकारी प्राप्त हुनेछ ।

सहकारीमा यस सुविधा नेपालमै पहिलो पल्ट फोनपे नेटवर्कमा आबद्ध क्यूआरमा असोज २३ पोखरामा रहेको बिशाल बचत तथा ॠण सहकारी संस्थाबाट सफल परीक्षण गरिएको थियो भने काठमाडौंमा चै पहिलो पटक सञ्चालनमा आएको हो।

क्यूआर कोडमा आधारित भुक्तानीको तत्काल प्रमाणीकरण गरेर डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने मात्र नभई समग्र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यो सेवा थप विश्वसनीय साबित हुने संस्था ले विश्वास लिएको छ ।

यस प्रविधिमा क्युआर कोडमार्फत कारोबार गरेपछि मर्चेन्ट तथा ग्राहकहरूले भुक्तानी सफलतापूर्वक भएको सूचना तत्काल प्राप्त गर्न सक्ने छन्। क्यूआरमार्फत गरेको भुक्तानीको जानकारी तत्कालै आवाजमा बोलेर दिने नेपाली प्रविधि हो । यो प्रविधिले सफल भएका कारोबारको जानकारी तत्कालै मानिसको आवाजमा दिन्छ । यो डिभाइसले कारोबार सम्पन्न हुँदा समेत एसएमएस नआउने, ढिलो आउने जस्ता समस्या हटाउने बताईएको छ ।

सहकारीलाई डिजिटल प्रबिधिमा जोड्ने आई स्मार्ट एप मार्फत सदस्यहरूले सहकारीको मोवाईल बैंकिङ सेवा प्रयोग गरी खाताको जानकारी, स्टेटमेन्ट, मोवाईल रिचार्ज, पानी, विजुली, डिस होम, ईन्टरनेट, हवाई टिकट, बस टिकट, सहकारीबाट बैंकमा रियल टाईम बैक ट्रान्सफर, फोन पे क्यु आर स्क्यान, बिभिन्न वालेटहरुमा लोड, बैकबाट सहकारी खातामा रकम ट्रान्सफर, कनेक्ट आईपिएस लगायत अन्य थुप्रै सेवाहरू सजिलै लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?