+
+

सुदर्शन सहकारीले कोइली क्यूआर कोडमार्फत ल्यायो भुक्तानी सेवा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १५:०८

७ माघ, उर्लाबारी। सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले डिजिटल सहकारी सेवा अन्तर्गत क्युआर कोर्डमार्फत वित्तीय कारोबार गर्न ‘कोइली’ नामक क्यूआर कोड सञ्चालनमा ल्याएको छ ।

स्मार्ट डिजिटल डिभाइस देवन सफ्टवेयर प्रा.लि.(आइ स्मार्ट)को साझेदारीमा सूदर्शन सहकारीले पुर्वमा पहिलो पटक अडियो अलर्ट डिभाइस भएको यो क्यूआरकोड सञ्चालनमा ल्याएको हो ।

योसँगै अब फोनपे नेटवर्क भुक्तानी प्रणालीमा आबद्ध भएका सेयर सदस्यहरुले क्यूआरकोड मार्फत भुक्तानी गर्न सक्‍नेछन् । साथै उक्त भुक्तानी भएपश्चात स्मार्ट अडियो अलर्ट डिभाइस ‘कोइली’ले तत्कालै ग्राहकलाई भुक्तानी गरेको रकम आवाजबाटै जानकारी समेत सुविधा दिने छ।

डिजिटल सहकारीलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ यो सुविधा ल्याएको सुदर्शन बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख थरेन्द्रराज पौडेलले जानकारी दिए।

उनका अनुसार यस नवीनतम प्रविधिमा आधारित स्मार्ट अडियो अलर्ट डिभाइसमा रहेको क्यूआरकोड मार्फत भुक्तानी गर्नासाथ सेयर सदस्य तथा ग्राहकहरूले रकम भुक्तानी सफलतापूर्वक भएको सूचना आवाज मार्फत तत्काल प्राप्त गर्नेछन् ।

साथै यस डिभाइसमा फोनपे नेटवर्कमा आबद्ध क्यूआर कोडमा भुक्तानी गर्दा मौखिक जानकारी प्राप्त हुनेछ । सहकारीमा यस सुविधा पुर्वकौ पहिलो पल्ट फोनपे नेटवर्कमा आबद्ध क्यूआरमा उर्लाबारीमा रहेको सुदर्शन बचत तथा ऋृण सहकारी संस्थाबाट सफल परीक्षण गरिएको थियो ।

सहकारीलाई डिजिटल प्रविधिमा जोड्ने सूदर्शन आईस्मार्ट एपमार्फत सदस्यहरूले सहकारीको मोबाइल बैंकिङ सेवा प्रयोग गरी खाताको जानकारी, स्टेटमेन्ट, मोवाईल रिचार्ज, पानी, विजुली, डिस होम, ईन्टरनेट, हवाई टिकट, बस टिकट, सहकारीबाट बैंकमा रियल टाईम बैक ट्रान्सफर, फोन पे क्यु आर स्क्यान, बिभिन्न वालेटहरुमा लोड, बैकबाट सहकारी खातामा रकम ट्रान्सफर, कनेक्ट आईपिएस लगायत अन्य थुप्रै सेवाहरू सजिलै लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?