+
+

निर्वाचनमय बन्दै २०२४ : भारतदेखि अमेरिकासम्म चुनाव

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १६ गते १७:०८

सन् २०२४ विश्वभरका लागि चुनावी वर्ष बन्दैछ । विश्वका ६४ मुलुकमा यस वर्ष निर्वाचन हुँदैछ । छिमेकी मुलुक भारतदेखि मित्रराष्ट्र अमेरिकासम्म युरोपेली युनियनदेखि युद्धग्रस्त युक्रेनसम्म यसवर्ष निर्वाचनमा होमिँदैछन् ।

विश्वका ४९ प्रतिशत जनसंख्याले यस वर्ष निर्वाचनलाई नजिकबाट हेर्नेछन् । यस वर्ष हुने निर्वाचनले उनीहरुको कम्तीमा चार वर्षसम्मको भविष्यलाइ निर्धारण गर्नेछ । सबैस्थानमा स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने सुनिश्चितता भने अवश्य छैन । उदाहरणका लागि बंगलादेशमा जनवरीमा हुने निर्वाचनबाट शेख हसिना पुन: सत्तामा आउने निश्चित छ । विभिन्न षड्यन्त्रमार्फत आफ्नो जित सुनिश्चित गर्न उनले प्रतिपक्षविहीन रुपमा निर्वाचन गराउन लागेको आरोप विपक्षीहरुले लगाइरहेका छन् । प्रतिपक्षी दलहरुले निरंकुशरुपमा हुन लागेको निर्वाचन बहिष्कार गर्ने बताएका छन् ।

यता, पाकिस्तानमा पनि इमरान खानलाई जेलमा राखेर निर्वाचन गराउने तयारी भइरहेको छ । यसपटक सेनाले नवाज सरिफलाई पुन सत्ताको बागडोर जिम्मा लगाउने संभावना छ । खानका समर्थकहरुलाई राज्य सत्ताले दमन गरिरहेको छ । पाकिस्तानमा फेब्रुअरीमा निर्वाचन हुनेछ । भारतमा पनि सन् २०२४ को अप्रिल वा मे महिनामा लोकसभाको निर्वाचन हुँदैछ । निरन्तर तेस्रो कार्यकाल पनि प्रधानमन्त्री हुँदै इतिहास रच्ने दाउमा बहालवाला प्रधानमन्त्री नरेन्द्र मोदी रहेका छन् ।

यस्तै, युद्धमा रहेको युक्रेनमा पनि चुनावी बहस चलिरहेको छ। चुनाव गराउनका निम्ति राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीलाई अमेरिकाको दबाब छ । सन् २०२४ मा राष्ट्रपतीय निर्वाचनमा होमिन लागेको अमेरिकाले नै युक्रेनमा चुनावको बहस गराएको हो । रिपब्लिकन पार्टीभित्रको सानो समूहमा यससम्बन्धी बहस झाँगिएको छ । चुनाव निगरानी सञ्जाल ओपोराकी अध्यक्ष ओलाह एभीजोयस्का भन्छिन्, ‘कट्टर दक्षिपन्थी रिपब्लिकनहरु युक्रेनलाई सैन्य सहायता रोक्नुपर्ने आफ्नो माग जायज ठहर्‍याउनका निम्ति चुनावको बहस गरिरहेछन् ।’

डोनाल्ड ट्रम्पको अलगवादी विचारले रिपब्लिकनमा प्रभाव जमाइरहँदा अमेरिकी घरेलु राजनीतिमा युक्रेन सहायताको मुद्दा राजनीतिक मतभेदमा फसिरहेको छ । एभीजोयस्का भन्छिन्, ‘धेरै रिपब्लिकनले युक्रेनलाई समर्थन गर्छन् तर युक्रेनमा चुनावको विषयलाई यिनीहरुले मुद्दा भने पक्कै बनाउनेछन् ।’

यसको सुरुवात उनीहरुले गरिसकेका छन् । अघिल्लो महिना रिपब्लिनबाट राष्ट्रपतिमा उम्मेदवारी दिने तयारी गरिरहेका विवेक रामास्वामीले भनेका छन्, ‘युक्रेन लोकतन्त्रको प्रतिमूर्ती होइन र अमेरिकाले थप सहायता नदिएसम्म चुनाव नगर्ने धम्की उसले दिइरहनेछ।’

रिपब्लिकनका सांसद लिन्ड्से ग्राहमले पनि अगस्तमा किभ भ्रमणका दौरान युक्रेनले सन् २०२४ मा चुनाव गर्नैपर्ने बताएका थिए । युक्रेनका राष्ट्रपति जेलेनेस्कीले अमेरिकामा उठिरहेको आवाजको तात्पर्य बुझेका छन् । आफ्नो प्रमुख सहयोगीले सहायता रोकेमा रुससँग प्रतिद्वन्द्विताका लागि कठिन हुनेमा उनी जानकार छन् ।  गत अगस्टमा टेलिभिजन अर्न्तवार्तामा उनले भनेका छन्, ‘अमेरिकाले युक्रेनलाई सहायता रोक्न सक्ने केही कारणहरु छन् । तीमध्ये युक्रेनमा चुनाव पनि एक हो । युक्रेनमा चुनावको माग गर्दै अमेरिकामा रिपब्लिकनले चर्काइरहेको आवाजबारे म जानकार छु।’

हालसम्म जेलेनेस्कीले चुनावलाई अस्वीकार गरेका छैनन् । चुनावका निम्ति सुरक्षा, कानुन र सहायता सबैको चुनौती रहेको उनी बताउँछन् । तथापि युद्धकै समयमा चुनाव भए दोस्रो कार्यकालमा उठ्न आफू तयार रहेको उनको भनाइ छ । हालैको अर्न्तवार्तामा उनले भनेका छन्, ‘एक वर्षभित्र वा त्यस अवधिको जुनसुकै समयमा पनि चुनाव गराउन म तयार छु ।’

युक्रेनमा हमला गरेको रुसले पनि निर्वाचन गराउदैछ । मार्चमा हुने निर्वाचनबाट त्यहाँ पनि भ्लादिमिर पुटिन फेरि अनुमोदन हुनेमा कुनै शंका छैन । तर उनलाई समर्थन गर्ने प्रतिशतबारे संभवत कसैलाई सुइको छैन । केही मुलुकमा बाहेक अन्यको निर्वाचन परिणाम उत्साहप्रद नै हुनेछ ।

जस्तो कि बेलयतामा यसपटक १४ वर्ष शासन गरेको कन्जरभेटिभलाई लेबरले उछिन्न सक्ने आँकलन भइरहेका छन् । नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनको परिणाम पनि निकै रोचक हुनेवाला छ । अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पको उदयको सम्भावनालाई द इकोनोमिष्टले लेखेको छ, ‘ पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प सन् २०२४ को राष्ट्रपतीय निर्वाचननमा विजयी भए विश्वका लागि सबैभन्दा ठूलो खतरा हो ।’

सन् २०२४ मा यी मुलुकमा हुँदैछ चुनाव

भारत

जनसंख्या : १.४४ बिलियन

चुनाव : लोकसभा

मिति : अप्रिल-मे

युरोपेली युनियन

जनसंख्या ४ सय ४८ मिलियन

चुनाव : युरोपेली संसद

मिति : ६-९ जुन

अमेरिका

जनसंख्या ३ सय ४१ मिलियन

इन्डोनेसिया

जनसंख्या: २७९ मिलियन

चुनाव : राष्ट्रपतिय निर्वाचन, क्षेत्रीय प्रतिनिधि परिषद्, संसद

मिति : फेब्रुअरी १४

पाकिस्तान

जनसंख्या २४३ मिलियन

चुनाव : राष्ट्रियसभा

मिति : फेब्रुअरी ८

बंगलादेश

जनसंख्या १७४ मिलियन

चुनाव : राष्ट्रिय संसद

मिति : जनवरी ७

संघीय रुस

जनसंख्या : १४४ मिलियन

चुनाव : राष्ट्रपतीय

मिति : १५-१७ मार्च

मेक्सिको

जनसंख्या : १२९ मिलियन

मिति : जुन २

इरान

जनसंख्या ८९.५ मिलियन

बेलायत

जनसंख्या : ६७.९ मिलियन

मिति : डिसेम्बर २०२४ भित्र

दक्षिण अफ्रिका

जनसंख्या : ६०.७ मिलियन

मिति :मे-अगस्ट

दक्षिण कोरिया

जनसंख्या : ५१.८ मिलियन

मिति : अप्रिल १०

चुनाव : राष्ट्रपतीय

अल्जेरिया

जनसंख्या : ४६ मिलियन

चुनाव: डिसेम्बर

युक्रेन

जनसंख्या ३७.४ मिलियन

मिति : मार्च ३१

चुनाव : राष्ट्रपतीय

उज्बेकिस्तान

जनसंख्या : ३५.४ मिलियन

चुनाव : संसद

मिति: अक्टोबर -डिसेम्बर

घाना

जनसंख्या : ३४.४ मिलियन

चुनाव: राष्ट्रपतिय र संसद

मोजाम्बिक

जनसंख्या : ३४.४ मिलियन

चुनाव : राष्ट्रपतिय र संसद

मिति : अक्टोबर ९

मदागास्कर

जनसंख्या : ३०.७ मिलियन

चुनाव : राष्ट्रिय सभा

मिति : मेभित्र

भेनेजुएला

जनसंख्या : २९.१ मिलियन

चुनाव : राष्ट्रपतीय

मिति : डिसेम्बर

उत्तर कोरिया

जनसंख्या : २६.२ मिलियन

मिति : अप्रिल १०

चुनाव : सर्वोच्च नागरिक सभा

ताइवान

जनसंख्या २९.३ मिलियन

चुनाव : राष्ट्रपतीय र संसद

मिति : जनवरी १३

सिरिया

जनसंख्या : २३.८ मिलियन

चुनाव :संसद

मिति :  निर्धारण हुन बाँकी

माली

जनसंख्या : २३.६ मिलियन

चुनाव : राष्ट्रपतीय

मिति : फेब्रुअरीमा निर्धारित भएको मिति प्राविधिक कारणले धकेलिएको छ ।

श्रीलंका

जनसंख्या : २१.९ मिलियन

चुनाव : राष्ट्रपतीय र संसद

मिति : निर्धारण हुन बाँकी

रोमानिया

जनसंख्या : १९.७ मिलियन

चुनाव, राष्ट्रपतीय र सिनेट

मिति : नोभेम्बर- डिसेम्बर

चाड

जनसंख्या १८.६ मिलियन

चुनाव : राष्ट्रपतिय

मिति : अक्टोबरभित्र

सेनेगल

जनसंख्या १८ मिलियन

चुनाव : राष्ट्रपतीय

मिति : फेब्रुअरी २५

कम्बोडिया

जनसंख्या १७ मिलियन

चुनाव : सिनेट

मिति : फेब्रुअरी २५

रुवाण्डा

जनसंख्या : १४.३ मिलियन

चुनाव :राष्ट्रपतिय निर्वाचन

मिति : जुलाइ १५

ट्युनिसिया

जनसंख्या : १२.५ मिलियन

चुनाव : राष्ट्रपतीय

मिति : निर्धारण हुन बाँकी

बेल्जियम

जनसंख्या : ११.७ मिलियन

चुनाव : संसद

मिति : जुन ९

डोमिनिकन रिपब्लिक

जनसंख्या ११.४ मिलियन

चुनाव : राष्ट्रपतीय निर्वाचन र संसद

मिति : मे १९

जोर्डन

जनसंख्या : ११.४ मिलियन

चुनाव : संसद

मिति : नोभेम्बर भित्र

दक्षिण सुडान

जनसंख्या : ११.२ मिलियन

मिति : डिसेम्बरभित्र

चेक रिपब्लिक

जनसंख्या : १०.५ मिलियन

चुनाव : सिनेट

चुनाव : संसद

मिति : निर्धारण हुन बाँकी

अजरबैजान

जनसंख्या : १०.४ मिलियन

चुनाव :राष्ट्रपतीय

मिति : फेब्रुअरी ७

पोर्चुगल

जनसंख्या : १०.२ मिलियन

चुनाव : संसद

मिति : मार्च १०

बेलारुस

जनसंख्या ९.५ मिलियन

चुनाव : संसद

मिति : फेब्रुअरी २५

टोगो

जनसंख्या : ९.२ मिलियन

चुनाव : राष्ट्रिय सभा

मिति : २०२४ भित्रै

अष्ट्रिया

जनसंख्या : ९.४ मिलियन

चुनाव : राष्ट्रिय परिषद्

मिति : सेप्टेम्बर २९

एल-साल्भाडोर

जनसंख्या : ६. ४ मिलियन

चुनाव : संसद

मिति : फेब्रुअरी ४

स्लोभाकिया

जनसंख्या : ५.७ मिलियन

चुनाव :राष्ट्रपतीय

मिति : निर्धारण हुन बाँकी

फिनल्याण्ड

जनसंख्या : ५.५ मिलियन

मिति : जनवरी २८

मौरीटानिया

जनसंख्या : ४.९ मिलियन

चुनाव : राष्ट्रपतीय

मिति : जुन २२

पानामा

जनसंख्या ४.५ मिलियन

चुनाव : राष्ट्रपतीय र राष्ट्रियसभा

मिति: मे ५

पानामा

जनसंख्या : ४.५ मिलियन

क्रोएशिया

जनसंख्या : ४ मिलियन

चुनाव : राष्ट्रपतिय र संसद

मिति : डिसेम्बरभित्र

जर्जिया

जनसंख्या : ३.७ मिलियन

चुनाव : राष्ट्रपतीय र संसद

मिति : अक्टोबर २६

मंगोलिया

जनसंख्या : ३.५ मिलियन

चुनाव : आमनिर्वाचन

मिति : जुन

उरुग्वे

जनसंख्या : ३.४ मिलियन

चुनाव :  राष्ट्रपतीय, सिनेट र प्रतिनिधिसभा

मिति : अक्टोबर २७

मोल्डोभा

जनसंख्या : ३.४ मिलियन

चुनाव :  राष्ट्रपतीय

मिति : नोभेम्बरभित्र

लिथुआनिया

जनसंख्या : २.७ मिलियन

चुनाव : राष्ट्रपतीय र संसद

मिति : १२ मे र अक्टोबर १३

बोत्स्वाना

जनसंख्या : २.७ मिलियन

चुनाव : राष्ट्रियसभा

मिति : अक्टोबरभित्र

नामिबिया

जनसंख्या : २.६ मिलियन

चुनाव : राष्ट्रपतीय र राष्ट्रियसभा

गिनी बिसाउ 

जनसंख्या : २.२ मिलियन

चुनाव : राष्ट्रपतीय

मिति : निर्धारण हुन बाँकी

दक्षिण मेसिडोनिया

जनसंख्या : २.१ मिलियन

चुनाव : राष्ट्रपतीय र राष्ट्रिसभा

मिति : २४ अप्रिल र मे ८

मौरिसस

जनसंख्या : १.३ मिलियन

चुनाव :राष्ट्रियसभा

मिति : निर्धारण हुन बाँकी

कोमोरस

जनसंख्या ०.८६ प्रतिशत

चुनाव : राष्ट्रपतीय

मिति : जनवरी १४

भुटान

जनसंख्या : ०.७९

चुनाव : राष्ट्रियसभा

मिति : जनवरी ९

सोलोमोन आइसल्याण्ड

जनसंख्या : ०.७५ मिलियन

मिति : अप्रिल

माल्दिभ्स

जनसंख्या : ०.५२ मिलियन

चुनाव : प्रतिनिधिसभा

मिति : मार्च – मे

आइसल्याण्ड

जनसंख्या : ०.३८ मिलियन

चुनाव : राष्ट्रपतीय

मिति : जुन १

किरिबती

जनसंख्या : ०.१४ मिलियन

चुनाव : राष्ट्रपतीय, संसद

मिति : निर्धारण हुन बाँकी

सान मारिनो

जनसंख्या : ०.०३ मिलियन

चुनाव :राष्ट्रिय परिषद्

मिति : डिसेम्बर

पलाउ

जनसंख्या : ०.०२ मिलियन

चुनाव : राष्ट्रुपतिय, सिनेट र राष्ट्रियसभा

मिति : नोभेम्बर १२

तुभालु

जनसंख्या : ०.०१ मिलियन

चुनाव : संसद

मिति जनवरी २६

 विभिन्न एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?