+
+

सुरक्षा पन्तको डेब्यु नाटक ‘क्लेश’ भारतको रंग महोत्सवमा छनोट

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १६ गते १६:४९

काठमाडौं । अभिनेत्री सुरक्षा पन्तको डेब्यु नाटक ‘क्लेश’ भारतको रंग महोत्सवमा छनोट भएको छ । भारतको नेसनल स्कुल अफ ड्रामाद्वारा आयोजित उक्त नाट्य महोत्सवमा नाटक छानिएको सुरक्षाले फेसबुकमार्फत जनाएकी छन् ।

यसअघि कोभिडको कारण रंग महोत्सव भौतिक रुपमा हुन सकेको थिएन । यो फेस्टिभलमा सहभागी हुन निर्देशक विजया कार्की जनवरी २३ मा दिल्ली प्रस्थान गर्ने पनि उनले उल्लेख गरेकी छन् ।

त्यसअघि सम्भवतः नेपालमा नाटक मञ्चन हुनसक्ने सुरक्षाको भनाइ छ । उनले आफ्नो नाट्यकारिताप्रति माया दर्शाउने दर्शकप्रति आभार पनि व्यक्त गरेकी छन् । उक्त नाटकको भारत मञ्चनका लागि आफूहरु दिल्ली जाने सुरक्षाले बताएकी छन् ।

‘मैले खेलेको पहिलो नाटक नै रंग महोत्सवमा छनोट भएकोमा खुसी छु,’ मिडिया कुराकानीमा उनले भनेकी छन् ।

कार्कीको निर्देशन र प्रतीक्षा कट्टेल लिखित यो नाटकले रामायणकालीन कथालाई वर्तमान समयमा ढालेर पेश गर्छ । हिन्दु धर्मशास्त्रमा वर्णित अज्ञानता, अहंकार, मोह, विच्छेद र डरका विशेषतालाई समेटेर नाटक लेखिएको छ । यसअघि यो नाटक नेपालमा २०७६ मा मञ्चन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?