+
+

लिभरपुलको प्रदर्शन सम्भावित च्याम्पियन जस्तो

एजेन्सी एजेन्सी
२०८० पुष १७ गते ११:०२

१७ पुस,  लन्डन । लिभरपुल यसपल्टको इंग्लिस प्रिमियर लिगमा उपाधिका लागि साँच्चै बलियो प्रत्यासी बनेको छ । यसका दुई स्पष्ट कारण छन् । पहिलो, यसपल्ट लिभरपुलले लिगमा सर्वाधिक बढी गोल गरेको कीर्तिमान बनाउन सक्छ । दोस्रो, यो सिजन लिभरपुलले पोस्टमा सर्वाधिक आक्रमणको कीर्तिमान बनाएको छ । पछिल्लो ‘ट्रान्सफर विन्डो’ मा लिभरपुल अलिकति बढी नै ब्यस्त रह्यो । अनि त्यसकै आधारमा टिमको पुर्ननिर्माण गर्न सफल रह्यो ।

कप्तान जोर्डन हेन्डरसन र फाबिन्होको बिदाइपछि व्यवस्थापक योगर्न क्लोपसामु टिम पुर्ननिर्माण गर्नु पर्ने आवश्यकता थियो । तर उनले पनि सोचेका थिएनन होला, सन् २०२४ को पहिलो दिन लिभरपुल नै अंक तालिकाको शीर्षमा हुनेछ भनेर । लिभरपुलले पछिल्ला २० खेलमा एकै खेल मात्र गुमाएको छ, त्यसैले त यो टिम साँच्चै लिग तालिकाको शीर्षमै छ । लिभरपुलले आफ्नो पछिल्लो खेलमा मज्जाले सजिलै न्युकासल युनाइटेडलाई ४–२ ले हरायो ।

एनफिल्डमा भएको यस खेलमा क्रममा भारी वर्षा र तीव्र हावा पनि देखियो । यही खेल जितेर लिभरपुलले लिग तालिकाको शीर्षमा तीन अंकको अग्रता खोलेको हो । ‘आज पूरा सिजनमै लिभरपुलको खेल सबैभन्दा राम्रो रह्यो भन्दा हुन्छ,’ फुटबल पण्डित रहेका जेमी कारिघरले स्काइ स्पोर्टसमा  भनेका छन्, ‘यो क्लबका लागि निकै ठूलो नतिजा हो । यसको टिमको प्रदर्शन वास्तवमै उत्कृष्ट रह्यो ।’ उनी लिभरपुलका पूर्व खेलाडी पनि हुन् ।

लिभरपुल डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी र आसर्नल भन्दा पाँच अंकले अगाडि छ । सिटीले एक खेल भने कम खेलेको छ । म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी तथा अर्का फुटबल पण्डित ग्यारी नेभिलले भनेका छन्, ‘लिगको सुरुमै कसैले लिभरपुल प्रतियोगिताको मध्य भागमा पुग्दा तीन अंकको अग्रतामा शीर्षमा रहन्छ भन्दा क्लोप आफैले पनि पत्याउँदैन थिए होला । तर अहिले उनीहरूले विश्वास गरे हुन्छ । उनीहरूको प्रदर्शन सम्भावित च्याम्पियन जस्तो हुन थालेको छ ।

अहिलेसम्म जति पनि खेल भएका छन्, त्यसमा लिभरपुलको प्रदर्शन वास्तवमै आक्रामक छ । आफ्नो घरेलु मैदान एनफिल्डमा भएका पछिल्ला २२ खेलमा टिम अपराजित छ । अनि घरमा भएका लिगका पछिल्ला ५२ खेलमध्ये एकैमा मात्र पराजित रहेको छ । तर उसको अगाडि एउटा ठूलो चुनौती पनि तेर्सिएको छ र यो हो, अबका कम्तीमा सात खेलमा उनी लिभरपुलका लागि उपलब्ध हुने छैनन् । उनी इजिप्टका लागि अफ्रिकी कप अफ नेसन्स खेल्न घर फर्कदै छन् ।

यसमा आर्सनलविरुद्ध दुई खेल छन्, एफएकपको तेस्रो चरण तथा लिगकै खेल । त्यसपछि फुलहमविरुद्ध दुई लेगको लिगकप सेमिफाइनल हुनेछ । अनि लिगमै फेरि बर्नमाउथ, चेल्सी र बर्नलीविरुद्ध खेल छन् । लिभरपुलका लागि सलाहले यो सिजन सबै खाले प्रतियोगितामा १८ गोल गरिसकेका छन् । अनि अन्य आठ गोलमा सहभागी भूमिका पनि निभाएका छन् । लिभरपलले पक्कै पनि सलाहको अनुपस्थिति महसुस गर्नेछ, तर उनी विना पनि लिभरपुलले उत्तिकै राम्रो खेलेको इतिहास पनि छ ।

यसबारे सलाह आफै भन्छन्, ‘म इजिप्टका लागि अफ्रिकी कप अफ नेसन्स जित्न चाहन्छुं । आफ्नो देशका लागि खेल्नुको ठूलो महत्त्व छ र म यसलाई गुमाउन चाहन्न । म विना पनि लिभरपुलमा उत्तिकै राम्रा खेलाडी छन् । मेरो पोसिजनमा खेल्न सक्ने अन्य खेलाडी नभएको पनि होइन् । लिभरपुलबीच अहिले विश्वास बढेको छ । हामीले खालि कडा मिहिनेत गर्नु पर्छ र मैदानमा आफूलाई अभिव्यक्त गर्न सक्नु पर्छ । यस्तो हुन्छ भने हाम्रो जित यात्रा कायम रहनेछ ।’

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?