+
+

तीन वटा निर्जीवन बीमा कम्पनीलाई प्राधिकरणले गर्‍यो कारबाही

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते १४:५३

१७ पुस, काठमाडौं । नेपाली बीमा प्राधिकरणले तीन वटा बीमा कम्पनीलाई कारबाही गरेको छ । ६ पुसमा बसेको नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको बैठकले तीन वटा निर्जीवन बीमा कम्पनीलाई नगद जरीवाना सहित कारबाही गरेको बीमा प्राधिकरणको प्रवक्ता तथा कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीलाई समान २ लाख रुपैयाँ नगद जरिवाना सहित कारबाही भएको उनले बताए ।

‘प्राधिकरणले गरेको स्थलगत निरीक्षणका क्रममा देखिएको कैफियतहरु र पटक पटकको स्पष्टीकरणपछि ३ वटा निर्जीवन बीमा कम्पनीलाई कारावही भएको हो,’ कार्यकारी निर्देशक पौडेलले भने, ‘बीमा कम्पनकिो संस्थागत सशासन बढाउन बीमा कम्पनीको स्थलगत सुपरिवेक्षणमा देखिएको कैफियतको आधारमा यसअघि पनि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीलाई २ लाख नगद जरिवाना सहति कारबाही भएको थियो ।’

प्राधिकरण बीमा प्रवर्द्धनसँगै सुपरिवेक्षणमा पनि कडाइका साथ प्रस्तुत हुने उनले बताए । स्थलगत निरीक्षणका क्रममा अधिकांश बीमा कम्पनीहरुले उधारो बीमा गराएको, रेट कटिङ गरेको, आम्दानीको स्रोत नखुलाई बीमा गरेर सम्पत्ति शुद्धीकरणमा ध्यान नदिएको, दाबी भुक्तानीमा समस्या पाइएको जस्ता कैफियत भेटिएको प्राधिकरणले जनाएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म भएको स्थलगत सुपरिवेक्षणको आधारमा ४ वटा कम्पनीलाई कारबाही भएको प्राधिकरण स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?