+
+

ग्लोबल आईएमई बैंकका २५३ जना कर्मचारी सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १८ गते १७:४७

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका २५३ जना कर्मचारी सम्मानित भएका छन् ।

१७औं वार्षिकोत्सवका अवसरमा १५ वर्षदेखि निरन्तर सेवा गरिरहेका २५३ कर्मचारीहरुलाई सम्मान गरिएको बैंकले जनाएको छ ।

एक विशेष कार्यक्रमका बीच बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालले ती कर्मचारीहरुलाई सम्मान गरेका हुन् ।

सो अवसरमा अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको सेवा तथा सन्तुष्टिलाई प्राथमिकतामा राखेर बैंकको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकले आफ्नो सेवालाई नविनतम तथा ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?