+
+

एकीकृत समाजवादीमा राष्ट्रिय सभा उम्मेदवार छान्ने जिम्मा ३ नेतालाई

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २१ गते १६:३३
एकीकृत समाजवादीको सचिवालय बैठकको फाइल तस्वीर ।

२१ पुस, काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपालसहित ३ नेतालाई दिएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले राष्ट्रियसभा सदस्य उम्मेदवार चयनको जिम्मा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाललाई दिने निर्णय गरेको हो ।

पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार यी तीन नेतालाई राष्ट्रियसभा निर्वाचनका विषयमा सर्वाधिकार दिई गठबन्धनको बैठकमा पठाउने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?