+
+

बंगलादेशमा मतदान जारी, विपक्षीको बहिष्कार

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते १०:१३

२२ पुस, काठमाडौं । बंगलादेशमा आम निर्वाचनको मतदान जारी छ । बिहान आठ बजेदेखि जारी मतदान साँझ ५ बजे समाप्त हुनेछ ।

चुनावको नतिजा ८ जनवरी (मंगलबार) बिहानै घोषणा हुने सम्भावना छ ।

यो निर्वाचनबाट वर्तमान प्रधानमन्त्री शेख हसिनाको चौथो जित सुनिश्चित देखिएको छ । पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको मुख्य विपक्षी दल बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले चुनाव बहिष्कार गरेकाले पनि शेख हसिनाको जित निश्चित रहेको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

७८ वर्षीया  खालिदा जिया भ्रष्टाचारमा दोषी ठहरिएपछि घरमै नजरबन्द छिन् ।

प्रधानमन्त्री शेख हसिनाले भने ढाकाको एक केन्द्रबाट मतदान गरिसकेकी छन् । बंगलादेश अवामी लिग पार्टीकी अध्यक्ष उनी सन् २००९ देखि प्रधानमन्त्री छिन् ।

केही जिल्लामा हिंसात्मक घटना

बंगलादेशमा ३०० सिटका लागि भइरहेको निर्वाचनको अघिल्लो दिन केही जिल्लामा हिंसात्मक गतिविधि भएका थिए । शनिबार बिहानै १० जिल्लाक करिब १७ मतदान केन्द्रमा आगजनी भएको थियो ।

प्रहरीका अनुसार सुनामगञ्ज, तंगेल, शरीयतपुर, चट्ग्राम, गाजीपुर, मैमनसिंह, नेट्रोकोना, खुलना र बरगुना जिल्लाका मतदानका क्रममा आगजनी भएका छन् ।

त्यसअघि शुक्रबार राति राजधानी ढाका नजिकै एक यात्रुवाहक रेलमा आगजनी हुँदा चार जनाको मृत्यु भएको थियो ।

यसैगरी भिलेज डिफेन्स पार्टीका एक सदस्य रञ्जित कुमार डे मतदान केन्द्रमा खटिएको बेला मृत फेला परेका थिए । प्रहरीका अनुसार उनको शव बलियाकाण्डी मतदान केन्द्र रहेको विद्यालयको पछाडि झाडीमा फेला परेको थियो । उनको हत्या भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?