+
+

वैज्ञानिकले बनाए अनौठो स्मार्ट चक्की, कम गर्छ भोक र घटाउँछ वजन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते १३:४०

काठमाडौं । संसारभरका वैज्ञानिकहरुले दिनहुँ एक न एक नयाँ खोज तथा आविष्कार गरिरहेका हुन्छन् । नयाँ अनुसन्धानसँगै मानव जीवनले भोगिरहेका समस्याको समाधान खोजिन्छ । यसै क्रममा वैज्ञानिकहरुले एउटा यस्तो स्मार्ट पिल्स पत्ता लगाएका छन् जुन मानिसमा भोक कम गर्न तथा वजन घटाउनमा रामवाण हुने दाबी गरिएको छ ।

हालै साइन्स जर्नलमा प्रकाशित एक शोधमा Vibrating Ingestible Bioelectric Stimulator – VIBES नामक उक्त चक्कीका बारेमा उल्लेख गरिएको छ । यसलाई वजन घटाउने प्रविधिको भविष्य भनी दाबी गरिएको छ । दाबी अनुसार यो चक्कीले मानिसमा भोक घटाउने काम गर्दछ ।

यद्यपि अहिलेसम्म यो चक्की मानिसमा परीक्षण भने गरिएको छैन । तर सुँगुरमा गरिएको परीक्षणले भने निकै आशाजनक परिणाम देखाएको छ ।

परीक्षणका क्रममा उक्त चक्की लिएको करीब ३० मिनेट पश्चात् सुँगुरले त्यसपछिको आधा घण्टामा सामान्य भन्दा करीब ४० प्रतिशत कम खाना खाएको थियो । यो पिल्सले पेटमा रहेका दबाब रिसेप्टरहरुलाई सक्रिय गरी खानेकुराको उपस्थितिलाई सक्रिय बनाउने काम गर्दछ ।

फलतः यसले मस्तिष्कको हाइपोथालामसलाई हर्मोनको स्तर बढाउने संकेत दिन्छ जसले हामीलाई पेट भरिएको महसुस गराउँछ ।

ओडिटी सेन्ट्रलमा प्रकाशित समाचार अनुसार ख्क्ष्द्यभ्क् तयार गर्ने टिमले स्मार्ट पिल्स खाना खानुभन्दा २० देखि ३० मिनेट अगाडि खानुपर्ने बताएको छ ताकि भोजनको सुरुमै पेट केही भरिएको महसुस होस् ।

शोधकर्ताका अनुसार पेटको भित्री तहमा रहेका मेकानोरिसेप्टर्सलाई कम्पनको माध्यमबाट कृत्रिम रुपमा तानेर मस्तिष्क र पेटको बीचको सम्बन्धलाई नियन्त्रण गर्न सकिन्छ ।पेटका ती दबाब रिसेप्टर्सलाई कम्पनको माध्यमबाट सक्रिय बनाउन सकिन्छ जसबाट पेट भरिएको महसुस गराउन सकिन्छ । यसबाट तनावको एक भ्रामक भावना पैदा हुन्छ जसले हर्मोन तथा खाना खाने तरिकालाई नै परिवर्तन गरिदिन्छ ।

भिटामिनको गोलीको आकारको यो चक्की एउटा बन्द ब्याट्रीबाट चल्दछ । यो चक्की यसको बाहिरी झिल्ली भंग गर्ने पेटको अम्लीय तरल पदार्थ वा बाह्य टाइमरबाट सक्रिय बनाउन सकिन्छ । काम सकिएसँगै यो अन्य अपच खानाजस्तै दिसाको माध्यमबाट बाहिर निस्किन्छ ।

यसको मूल्य अधिकतम १ डलरसम्म पर्नसक्ने बताइएको छ । यो चक्कीको मानिसमा छिटै परीक्षण गर्न सकिने अपेक्षा वैज्ञानिकहरुमा छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?