+
+

शिक्षित भट्टलाई छाड्न जिल्ला अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते १७:४७

२२ पुस, काठमाडौं । जिल्ला अदालत काठमाडौंले टुटलका संस्थापक शिक्षित भट्टलाई हाजिर जमानीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश शकुन्तला कार्कीको इजलासले भट्टलाई हिरासतमा राख्न प्रहरीले गरेको अनुरोधलाई अस्वीकार गरी हाजिर जमानीमा छाड्न आदेश दिएको हो । प्रहरीले प्रतिलिपी अधिकार उल्लंघन गरेको र आपराधिक विश्वासघात गरेको आरोपमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति माग गरेको थियो ।

बिहीबार राति पक्राउ परेका भट्टलाई प्रहरीले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न माग गरेको थियो । तर अदालतले छाड्न आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमुद ढुंगेलले बताए ।

यो विवाद उच्च अदालत पाटनमा पनि विचाराधीन रहेको र त्यहाँ अन्तरिम आदेशले निरन्तरता नपाएको भन्ने उल्लेख भएपछि भट्टलाई थुनामा नराखी अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।

हेर्नुहोस् अदालतको आदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?