+
+

वरिष्ठ अधिवक्ता डा. भण्डारीविरुद्ध लिखत जालसाजीको मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १ गते १८:४७

१ फागुन, काठमाडौं । अंशियारलाई थाह नदिइ जग्गा बिक्री गरेको भन्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

उनकी पत्नी जानकी पाण्डेले आफूलाई थाह नदिइ जग्गा बिक्री गरेको दाबी गर्दै जालसाजी र लिखत बदरको माग गरेकी हुन् ।

आफू र डा. सुरेन्द्र भण्डारीबीच १९ माघ २०७४ मा विवाह भएको र पतिपत्नीको नाता कायम भइसकेपछि वरिष्ठ अधिवक्ता भण्डारीले आफूलाई जानकारी नै नदिइ जग्गा बिक्री गरेको उनको दाबी छ ।

वरिष्ठ अधिवक्ता डा. भण्डारी, अधिवक्ता इन्दु तुलाधर र लुमना उप्रेतीले हिमाल इनोभेटिभ डेभलपमेन्ट एण्ड रिसर्च प्रालि स्थापना गरेका थिए । उक्त कम्पनीले काठमाडौं महानगरपालिका–१० मा जग्गा समेत खरिद गरेको थियो ।

पछि डा. सुरेन्द्र भण्डारीले हिमाल इनोभेटिभको शेयर बेच्ने निर्णय गरे । त्यो शेयर अरु दुई सञ्चालकले खरिद गरे । सँगसँगै कम्पनीको नाममा रहेको जग्गा भिष्म उप्रेतीले खरिद गरे । कम्पनीको शेयर र जग्गामा आफ्नो समेत हक लाग्ने अवस्था हुँदाहुँदै थाहै नदिई हकहिस्सा छाडेकोमा अधिवक्ता जानकी पाण्डेले प्रश्न उठाएकी हुन् ।

कम्पनीमा सुरेन्द्र भण्डारीले आफ्नो हकहिस्सा छाडेको र त्यही हकहिस्सा भिष्म उप्रेतीले खरिद गरेको भन्दै उनले काठमाडौं महानगरपालिका–१० स्थित आफ्नो अंश हकलाग्ने जग्गा आफूलाई थाह नदिइ बेचिएकोमा आपत्ति जनाएकी हुन् ।

उनले कम्पनी र जग्गाको हकहिस्सा छाड्ने वरिष्ठ अधिवक्ता भण्डारी सहित हिमाल इनोभेटिभ डेभलपमेन्ट एण्ड रिसर्च प्रालिका अध्यक्ष इन्दु तुलाधर, त्यसका सञ्चालक लुमना उप्रेती, जग्गा बेच्ने हिमाल इनोभेटिभ डेभलपमेन्ट एण्ड रिसर्च प्रालि र जग्गा किन्ने भिष्म उप्रेतीलाई विपक्षी बनाएकी छन् ।

उनले हक हस्तान्तर बदर गरी पति सुरेन्द्र भण्डारीलाई जालसाजीको कसुरमा कारबाहीको माग राखेकी छन् ।

उनले कम्पनीको उक्त जग्गा भिष्म उप्रेतीको नाममा हक हस्तान्तरण भएको निर्णय समेत बदर हुनुपर्ने माग राखेकी छन् । दुनियावादी फौजदारी अभियोग आकर्षित हुने जालसाजीको कसुर पुष्टि भएमा बढीमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।

यसअघि नै अधिवक्ता पाण्डेले वरिष्ठ अधिवक्ता डा. भण्डारी विरुद्ध घरेलु हिंसाको मुद्दा दायर गरेकी छन् भने भण्डारीले उनी विरुद्ध सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेका छन् । यी दुवै मुद्दा जिल्ला अदालत ललितपुरमा विचाराधीन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?