+
+

पञ्चेश्वरको डीपीआर फाइनल हुने अन्तिम चरणमा छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते १२:२७

२५ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पश्चेश्वर परियोजनाको डीपीआर फाइनल हुने अन्तिम चरणमा रहेको बताएका छन् ।

बुधबार संसदीय समितिको बैठकमा जानकारी दिने क्रममा प्रधानमन्त्री प्रचण्डले पञ्चेश्वरमा छिटै ब्रेक थ्रु हुन लागेको बताएका हुन् ।

‘पञ्चेश्वको डीपीआर फाइनल हुने अन्तिम चरणमा छ । यो दुवै देशको राष्ट्रिय हितमा छ भन्नेमा सबै सहमत नै छौं’, प्रचण्डले समिति बैठकमा भने, ‘मेरो भारत भ्रमणका क्रममा जो वातावरण बन्यो, त्यो कारणले पञ्चेश्वर बन्ने वातावरण बन्यो । आउने केही दिनभित्र पञ्चेश्वरको ब्रेक थ्रु हुन्छ ।’

पञ्चेश्वर परियोजनाले नेपालको अर्थतन्त्रमा दीर्घकालीन सकरात्मक असर पर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?