+
+

माघ पहिलो हप्ता प्रधानमन्त्री युगाण्डा जाँदै

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते १७:२४

२५ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असंलग्न आन्दोलन राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन युगान्डा भ्रमणमा जाने भएका छन् ।

आगामी ५ देखि ६ माघसम्म युगाण्डाको राजधानी काम्पालामा हुन लागेको असंलग्न आन्दालोनका सदस्य राष्ट्रहरुको १९ औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री जाने भएका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमणको निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यसअघि ३ देखि ४ माघमा हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

यस्तै त्यसअघि १ र २ माघमा हुने पदाधिकारी बैठकमा परराष्ट्र सचिवको नेतृत्वमा नेपाली प्रतिनिधि जाने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?