+
+

नारायणगढ–बुटवल सडक खण्डमा कामले गति लिएको छ : भौतिकमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २६ गते १५:२८
फाइल तस्वीर

२६ पुस, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पछिल्लो समय नारायणगढ–बुटवल सडक खण्डमा कामले गति लिएको दाबी गरेका छन् । यो सडक खण्डको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै उनले यस्तो दाबी गरेका हुन् ।

‘काम अगाडि नबढ्दा ठेक्का तोड्ने सम्मको चेतावनी दिने काम भएको छ, दबाब दिएपछि अहिले कामले गति लिएको अवस्था छ,’ उनले भने । यद्दपि अझै पनि तीव्र गति भने लिन नसकेको स्वीकार गरे । २७ महिना अगाडि र पहिलो ८ महिनाको तुलना गर्दा पछिल्लो समय निर्माणले गति लिएको उनको भनाइ छ ।

नारायणगढ–बुटवल र मुग्लिन–पोखरा खण्डको निर्माणलाई सरकारले उच्च प्राथमिकता दिएर निरन्तर ताकेता गरिरहेको समेत उनले जानकारी दिए । ‘दुई सडकमा हरसम्भव हस्तक्षेप गर्ने, अगाडि बढाउन प्रयत्न गर्दै आएका छौं,’ उनले भने, ‘साथमा आवश्यक समन्वय पनि गर्दै आएका छौं,’ उनले भने ।

आयोजनामा रहेका समस्या पहिल्याएर त्यसको समाधानमा सरकारले ध्यान केन्द्रित गरेको समेत उनले बताए । रुख कटानको समस्या दुवै सडक खण्डमा समाधान गरिएको उनले बताए ।

खानेपानी पाइप व्यवस्थापनमा केही समस्या भए पनि धेरैजसो स्थानमा समस्या भएको उनले जानकारी दिए । दमौली क्षेत्रमा घर टहरा हटाउन केही बाँकी भए पनि अन्य स्थानमा समस्या समाधान भएको उनले बताए ।

डिजाइनको समस्याको पनि नरहेको उनले बताए । ठेकेदारले कतै स्थानीय निर्माण सामग्रीको अभाव मुख्य रुपमा उठाइरहेको उनले जानकारी दिए । विद्युत् तार र पोलको केही काम बाँकी भए पनि त्यसकै कारणले काम रोकिने अवस्था नरहेको उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?